जनज्योतीलाई प्रथम उप–मेयर छात्रा क्रिकेटमा उपाधी

पिपलबाेट संवाददाता


कोहलपुर, असार ४
बाँकेको कोहलपुरमा सम्पन्न प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता–२०७४ को उपाधी जनज्योती मा.वि. ले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मा.वि कोहलपुर बिरुद्ध रोमान्चक जित निकाल्दै जनज्योतीले शिल्ड उचालेको हो ।
नगरभित्रका १२ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजेता हुँदै जनज्योतीले नगद रु. २१ हजार सहित शिल्ड प्राप्त ग¥यो भने उप–विजेतामै चित्त बुझाएको त्रिमाविले नगद रु. २० हजार ५ सय प्राप्त ग¥यो ।
प्रतियोगिताको बिजेता तथा उपविजेता टिमलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश के.सी., कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जु कुमारी थारु लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
फाईनल खेलमा टस जितेर बहिले ब्याटिङ रोजेको जनज्योतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन जोडेको थियो । टिमलाई ठुलो स्कोरतर्फ डो¥याउने क्रममा समिक्षा वि.क. ले अविजित ६३ रन जोडेकी थिईन । वि.क. प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समित बनिन् ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको त्रिमाविका सुरुवाती खेलाडीहरु सस्तैमा बाहिरिएपछि टिम केही दवावमा देखिएको थियो । यद्यपी बिचका खेलाडीहरुले उत्कृष्ट पारी खेल्दै खेलमा रोमाञ्चकता प्रदान गरेका थिए । त्रिमाविले अन्तीम ओभर खेलीसक्दा १ सय २७ रनमै सिमित भएपछि जनज्योती ४ रनले बिजयी भएको हो ।
प्रतियोगितामा त्रिमाविका खेलाडी सृजना पुन मगर उत्कृष्ट घोषित भईन भने त्रिमावीकै निरुता शाही (उत्कृष्ट बलर) र अलिसा पुन मगरले उत्कृष्ट विकेटकिपरको उपाधी पाईन । त्यसैगरी जनज्योतीकी खेलाडी समिक्षा वि.क. ले उत्कृष्ठ ब्याटरको उपाधी प्राप्त गरिन ।
कोहलपुर नगरपालिकाको आयोजना तथा मध्यपश्चिम क्रिकेट क्लबको सह–आयोजनामा यस वर्षदेखि संचालित रनिङ शिल्ड प्रतियोगिता आगामी वर्षदेखि निरन्तर रुपमा संचालन गरिने कोहलपुर नगरपालिकाकी उप–मेयर सन्जुकुमारी चौधरीले बताईन् ।

४ असार २०७५ मा प्रकाशित
Nabintech