ट्राफिक निमय सम्बन्धी सडक नाटक

पिपलबाेट संवाददाता


कोहलपुर, असार ५
बाँकेको कोहलपुरमा नगरपालिकाका विभिन्न स्थानमा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक सडक नाटक प्रर्दशन गरेका छन ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक कार्यालय बाँकेको प्राविधिक सहयोग र समाज सेवा संस्था नेपालको आयोजनामा कोहलपुर नगरपालिकाको मदनचोक, राम मा.वि हवलदापुर,चौधरिया,चपरगौडी तथा पिपिरीचोक गरि ५ स्थनामा सडकनाटक प्रर्दशन गरिएको छ ।
पछिल्लो समय ट्राफिक नियमको पालन नगर्दा सवारी दुर्घटनाका घटनाहरु दिनप्रतिदिन बढ्दै गएकोले यस्ता दुर्घटनाहरुलाई न्यूनिकरण गर्नका लागि सडक नाटक मार्फत सचेतनामुलक सन्देश दिनखोजिएको सधानहरु समाज सेवा नेपालका अध्यक्ष विनोद थापाले जानकारी दिएका छनन् ।
उक्त नाटकबाट यात्राको बखत सडकको दायाँ किनारा वा फुटपाथमा ताँतीमा हिड्ने नगरौं, बाटो काट्दा सुरक्षित स्थान तथा जेब्राक्रसबाट मात्र बाटो काट्ने गरौं, सवारी चालकलाई तिव्र गतिमा सवारी चलाउन नदियौं, लागु पदार्थ सेवन गरी सवारी सधान चलाउनु गलत भएको कुराका बारेमा जानकारी गराईएको थियो ।
साथै ट्राफिक नियम सम्बन्धी जानकारी दिने उद्देश्यले प्रर्दशन गरिएको सो सडकमा सामाज सेवा संस्थाका कलाकारहरु विनोद थापा , इमरन हास्मी शर्मिला घर्ती, कल्पना शर्मा, पुस्तिका शर्मा,पप्पु सुनार, लगायतले नाटकमा अभिनय गरेका थिए । सडक नाटकमा ट्राफिक नियम सम्बन्धी पम्पलेटहरु समेत वितरण गरिएको थियो ।

५ असार २०७५ मा प्रकाशित
Nabintech