नेविसंघद्वारा आयाल निगम घेराउ

पिपलबाेट संवाददाता


कोहलपुर, असार ८
पेट्रोलियम पदार्थको मूल्य वृद्विको विरोध गर्दै नेपाल विद्यार्थी संघ बाँकेले नेपालगञ्ज स्थित राँझामा रहेको नेपाल आयाल निगम लिमिटे मध्यपश्चिमाञ्चल क्षेत्रिय कार्यलय घेराउ गरेको छ । सरकारले छोटो सयममा पाँच पटक पेट्रोलि पदार्थको मूल्य वृद्वि गरेको भन्दै नेविसंघ बाँकेले शनिबार आयाल निगमको कार्यालय घेराउ गरेको छ ।
कार्यक्रमको कोण सभामा बोल्दै नेविसंघका नेता यज्ञ बहादुर महराले केपी सरकारले जनताको भावना विपरीत मूल्य वृद्वि गरेकोले नेपाल विद्यार्थी संघ सडक संघर्ष गर्न बाध्य भएको बताए । साथै उनले पेट्रोलियम पदार्थमा भएको पटक–पटकको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको भन्दै जनजीविका अत्यन्तै कष्टकर भएकाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्वि सरकारले फिर्ता लिनुपर्ने बताए । सकारले पेट्रोलियम पदार्थको मूल्य केहि मात्रामा घटाएको भन्दै पहिलाकै अवस्थामा मूल्य निधारण गर्नुपर्ने माग गरेका छन् ।
सरकारले पेट्रालिय पदार्थको मूल्य वृद्वि गर्दा नेपाली जनताको वर्तमान अवस्थालाई ख्यान गर्नुपर्ने नेपाल तरुण जिल्ला कार्य समिति बाँके सचिव विनोद रिजालले बताए ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ महेन्द्र क्याम्पस नेपालगञ्जका नेता मनोज थापाले सरकारले नेपाली जनतामाथि अन्याय गरेले नेविसंघ सडकमा आउन बाध्य भएको बताए । नेविसंघ नेता कमल शाहीले वर्तमान सरकार अधिनायकवाद तर्फ अग्रसर भईरहेको जिकिर गर्दै नेविसंघले जनताको पक्षमा आवाज उठाईरहेको र जनताको मागलाई सम्बोधन नगरे सरकार विरुद्व चरणबद्व रुपमा आन्दोलनका कार्यक्रमहरु घोषण गर्ने बताए ।
विपक्षी कांग्रेससम्वद्व विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्विको विरोधमा आन्दोलन गर्दै आएको छ । सरकारले विद्यार्थीको मागलाई बेवास्था गरे पछि शनिबार नेपाल आयाल निगमको कार्यालय घेराग गर्न बाध्य भएको नेविंसघ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका नेता डिल्ली रावलले बताए ।

८ असार २०७५ मा प्रकाशित
Nabintech