बेत बाँस सामाग्री निर्माण तालिम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, असार १४
बाँकेको कोहलपुुरमा ४५ दिने बेत बाँस सामाग्री निर्माण तालिम सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिकको आर्थिक सहयोग र महिला समाज कोहलपुरको अयोाजनामा ४५ दिने बेत बाँस सामाग्री निर्माण तालिम बुधबार सम्पन्न भएको । तालिममा कोहलपुर नगरपालिका भित्रका १५ जना महिलाले सहभागिता जनाएकी थिईन् । कार्यत्रलममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले कोहलपुर नगरपालिका भित्रकी महिलाहरुलाई आत्मा निर्भर बनाउका लागि महिला समाज कोहलपुरसँग सहकार्य गरी विभिन्न प्रकारका तालिम दिईरहेको बताउँदै बेत बाँस सामाग्री निर्माण तालिम सिकिसकेपछि व्यवहारमा लागु गर्न अनुरोध गरेका थिए । साथै उनले तालिम लिई सकेपछि आत्मा निर्भर बनाउनका लागि महिलाहरु सक्रिय भएर लागुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दिल बहादपुर परियारले महिलालाई आर्थिक रुपमा सक्षम बनाउनक ालागि यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्न बताउँदै तालिमबाट सिकेको कुरा आफ्नो जीवनमा लगाउन अनुरोध गरेका थिए ।
कार्यक्रममा महिला समाज कोहलपुरकी अध्यक्ष मिना सिग्देलले महिलालाई आत्मा निर्भर भए मात्र समाजको विकास हुने बताउँदै स्थानिय सरकारले महिलालाई पहिलो प्राथमिकता दिनुपर्ने बताईन् । साथै उनले तालिमबाट थाहा पाएको ज्ञानको उपयोग गर्न अनुरोधगरेकी थिईन् । कार्यक्रमको प्रशिक्षण रोम बहादुर खड्काले दिएका थिए भने सहजिकरण महिला समाज कोहलपुरी सचिव गौरा भट्टराईले गरेकी थिईन् ।

१४ असार २०७५ मा प्रकाशित
Nabintech