‘क्याम्पसको भौतिक विकासका लागि ज्ञापनपत्र’

पिपलबाेट संवाददाता


कोहलपुर, साउन ३
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस काहेलपुरको भौतिक विकासका लागि कोहलपुर नगर विकास समितिसँग अनुरोध गरिएकोछ । क्याम्पसको शैक्षिक गुणस्तरलाई प्रभावकारी बनाउनका लागि पर्खाल निर्माण, क्याम्पसका लागि थप जग्गाको व्यवस्था गरिन दिन र कार्यालय तथा विभागका लागि फर्निचरको व्यवस्थापन गरि दिनका लागि कोहलपुर नगर विकास समितिलाई ज्ञापन पत्र बुझाईएको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका अध्यक्ष नरेन्द्र न्यौपानेले बताएका छन् ।
त्यस्तै कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले कोहलपुर नगरविकास समितिको बोर्ड बैठकबाट निर्णय गरी आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

३ श्रावण २०७५ मा प्रकाशित
Nabintech