कोहलपुरमा तरुणदलद्वारा सरकार विरुद्व राके जुलुस

पिपलबाेट संवाददाता


कोहलपुर, साउन ६
बाँकेको कोहलपुरमा नेपाल तरुण दल क्षेत्र नं. १ बाँके र कोहलपुर नगर कार्य समितिले सरकार विरुद्व राके जुलुस निकालेको छ । डा. गोविन्द केसीको माग पुरा गर्न माग गर्दै सरकार विरुद्व कोहलपुरमा विरोध जनाईएको छ । डा. केसीको माग पुरा गर्नका लागि काठमाण्डौं भएको विरोध प्रर्दशनमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायत अन्य तरुण दलका कार्यकर्ता माथि सरकारले गरेको दमनको विरोद्व गर्दै कोहलपुरमा राके जुलुस निकालिएको छ ।
नेपाल तरुण दल क्षेत्र नं. १ बाँके र कोहलपुर नगर कार्य समितिले सरकारका विरुद्व कोहलपुरमा आईतबार साँझ राके जुलुस निकालेका थियो । रोक जुलुस पछि कोण सभामा बोल्दै नेपाल तरुण दल कोहलपुुर नगर कार्य समितिका अध्यक्ष हरसिंह कठायतले केपी वली सरकारले नेपाल तरुण दल माथि गरेको हस्तक्षेपको विरोध जनाउँदै डा. केसीको माग पुरा गर्नका लागि सरकारलाई अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल तरुण दल जिल्ला कार्य समिति बाँकेका सचिव विनोद रिजालले डा. केसीको मागलाई सरकारले तत्काल सम्बोधन नगरे तरुण तल चरणबद्व अन्दोलन गर्ने चेतवानी दिएका थिए । साथै उनले तरुण तलका अध्यक्ष लगायत अन्य कार्यकर्ता माथि भएको घटनाको घोर भत्सर्ना गर्दै सरकारले आफ्ना गतिविधि सच्याउन आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल तरुण दल क्षेत्र नं. १ बाँकेका अध्यक्ष दिंग्विजय राणाले सरकारले डा. गोविन्द केसीको जीवन रक्षाका बारेमा सोच्नु पर्ने बताउँदै केसीले उठाएका माग सम्बोध नभए सरकार विरुद्व चरणबद्व अन्दोलन गर्ने बताए । त्यस्तै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य कमल बहादुर शाहीले केपी सरकार अधिनायकवाद लागु गर्न खोजेको आरोप लागाउँदै सरकार लोकतन्त्रीक शासन व्यवस्थामा आउन सुझाव दिएका थिए ।
नेपाल तरुण दल क्षेत्र नं. १ का अध्यक्ष दिंग्विजय राणाको नेतृत्वमा भएको राके जुलुसमा प्रहरीले हस्तक्षप गरेको थियो भने कार्यक्रममा नेविंसघ नेता मनोज थापा लगायतका नेता तथा कार्यकर्ताहरुकमो सहभागिता रहेको थियो ।

६ श्रावण २०७५ मा प्रकाशित
Nabintech