बुढाको परिवारलाई राहत हस्तान्तरण

पिपलबाेट संवाददाता


कोहलपुर, साउन ९
दाङ तुल्सिपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुरका राज बहादुर बुढा र बिनपुरा बुढाको परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।
बाँकेको कोहलपुर निवासी हाल अमेरीकामा रहेका पत्रपकार शेर केसीले राज बहादुर बुढा र बिनपुरा बुढाका छोरा मरिचमान बुढाको अमेरीकामा असामाकि निधन भएकाले अमेरीकामा रहेका केसीको व्यतिगत पहलमा संकलन भएको पाँच लाख २१ एक सय २१ रुपैया बुढाको परिवारलाई हस्तान्तरण गरिएको छ । बुढा कामको शिलशिलामा अमेरीकामा रहँदा उनको मृत्यु भए पछि पत्रकार केसीको पहलमा संकलन भएको उक्त रकम उनीकी धर्म पत्नि चाहान बस्नेत र ममतामय आमा शसिली केसीको हातबाट रकम हस्तान्तरण गरिएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै दाङ तुल्सिपुर उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष टोप बहादुर केसीले बैदेशिक रोजगारका क्रममा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग गरेकोमा पत्रकार केसी र उनको परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।
अमेरिका गएको सात वर्षपछि गत बैशाख १६ गते बुढाको बिरामी भएर मृत्यु भएको राहत हस्तान्तरण कार्यक्रमका संयोजक दल बहादुर बिसीले बताएका छन् । अमेरीकामा रहेका पत्रमकार शेर केसी कोहलपुरका पूर्व पत्रकार र हाल हिमाल पाटी अनलाईन डटकपका सम्पादन हुन् । बैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने बुढाको परिवारलाई आर्थिक सहयोग गर्न पाएकोमा केसीकी श्रीमति चाहान बस्नेतले खुशि व्यक्त गरिन् ।

९ श्रावण २०७५ मा प्रकाशित
Nabintech