सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको उद्घटान

पिपलबाेट संवाददाता


कोहलपुर, साउन १५
कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको उद्घटान गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सोमबार कोहलपुरमा कोहलपुर सामुदायिक सेवा केन्द्र तथा साुमदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको एक कार्यक्रममा बिच उद्घटान गरेका छन् ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले प्रहरी र जनताको संयुक्त प्रयासबाट मात्र शान्ति सुव्यवस्था र अपराध नियन्त्रण एवं रोकथाम गर्न सक्ने अवधारणा नै सामुदायिक अवधारण भएकाले कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना भएको बताएका छन् ।
साथै उनले लागुऔषध, सवारी दुर्घटना जस्ता कुराहरु विकराल बन्दै गएकाले सार्वजनिक महत्व एवं शान्ती सुरक्षा र अमनचयन जस्ता सवालहरुमा आम नागरिक र प्रहरी विषेश क्रियासिल रहनुपर्ने भन्दै सामुदायिक प्रहरीकै माध्ययमबाट समाजका ठूला ठूला समस्याहरुलाई सहजै समाधान गर्न सकिएको कुरामा पनि जोड दिए । ‘कोहलपुर आधुनिक रुपमा विकास हुन लागको शहर हो’ उनले भने ‘कोहलपुरमा विभिन्न खाले अपराधिक घटनाहरु घट्दै आएका छन्, अब त्यस्ता सामाजिक अपराधिक घटनाहरुको न्यूनिकरण गर्नका लागि कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुर नगरपालिका भित्र हुने सामाजिक अपराधका घटनाहरुलाई न्यूकिरण गर्नका लागि कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रसँग स्थानिय सरकार सहकार्य गर्ने बताए । साथै उनले कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरलाई आवश्यक भौतिक पूर्वधारण निर्माणका लागि डेढ कठ्ठा जमिनको उपलब्ध गराउने कोहलपुर नगर कार्यपालिकाको बैठकमा निर्णय गरिएको समेत बताए ।
कार्यक्रममा बोल्दै संघिय प्रहरी ईकाइ कार्यालय नेपालगञ्जका वरिष्ठ प्रहरी उपरिक्षक धनश्यम अर्यालले प्रहरी र नागरिक बिचको सम्बन्धलाई बलियो र विश्वसनिय बनाउनका लागि कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरलाई प्रशासनबाट आवश्यक साथ र सहयोग दिने प्रतिवद्वता जनाएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले जनताको शान्तिसुरक्षा सहज रुपमा उपलब्ध गराउनुपर्ने र समाजमा हुने सामान्य प्रकारकार घटनाहरुको समाधान कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरले गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कोहलपुर सामुदायिक सेवा केन्द्र अध्यक्ष नारायण गौडेलले सामुदायिक सेवामा लाग्ने जो कोही पनि निस्वार्थ भावनाले उभिनु पर्ने र आ–आफ्नो जिम्मेवारीको पहिचान गरी जिम्मेवारी प्रति वोध हुनु पर्ने भन्दै पछिल्लो समयमा आफुहरु नयाँ पुस्तालाई समृद्दी सहितको समाज हस्तानतरण गर्ने उद्देश्यले निस्वार्थ भावनाले लागिरहेको बताए । साथै उनले कोहलपुरलाई शान्ति र सुरक्षाको दृष्टिकोणले बलियो बनाउनका लागि कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरलाई साथ र सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्विजीवि, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण सचिव लाल बहादुर रानाले गरेका थिए ।

१५ श्रावण २०७५ मा प्रकाशित
Nabintech