साउन २०
बाँकेको कोहलपुमार रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२०५८ साल स्थापना भएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले आफ्नो १७ औँ वार्षिक साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेलले ज्ञानोदय सामुदायिक पुस्ताकालयको विकास र समृद्विका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका छन् । साथै उनले पुस्तकालयलाई प्रविधिमैत्री र आजको वैज्ञानियक युग अनुसारका निर्माण गर्नका लागि राज्यले विशेष सहयोग गर्नुपर्ने बताएका छन् । ‘देशको विकाससँग शिक्षा जोडिएको हुन्छ’ उनले भने ‘कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि ज्ञानोदय पुस्तकालयको विकास र विस्तारमा स्थानिय सरकार र यहाँ शिक्षा प्रेमीको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले सबै मिलेर प्रविधिमैत्री पुस्ताकालय निर्माणमा सबैले ध्यान दिन आवश्यक छ ।’
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले कोहलपुरको पहिचानसँग जोडिएको पुस्तकालयलाई अध्यक्ष क्षेत्रका लागि महत्तपूर्ण माध्यम बनाउनुपर्नेमा जोड दिईन् । साथै उनले पुस्तकालयमा सूचना प्रविधिलाई व्यवस्थित गर्न ई–लाईब्रेरी, वेभसाईड र अन्य सूचना केन्द्र स्थापना गर्नुपर्ने, पुस्तकालय सेवालाई फराकिलो र स्तरीय बनाउन व्यवस्थित पठन कक्ष, उचित सभा हल र पार्किङका साथै भौतिक पूर्वाधारको व्यवस्थापन गर्नमा विशेष जोड दिँदै पुस्तकालयको भौतिक र अन्य विकासका लागि स्थानिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाइएकी छिन् ।
कार्यक्रममा संस्थापकको तर्फबाट बोल्दै नारायण प्रसाद गौडेलले ज्ञानोदय सामुदायिक पुस्तकालय स्वतन्त्र शैक्षिक संस्थाका रुपमा सबैले आत्मा साथ गर्नुपर्ने भन्दै पुस्तकालयको दिर्घकालिन विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । साथै उनले पुस्तकालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरि सबैको साँझा संस्थाका रुपमा हेरिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले साहित्यकारसँग पुस्तकालयको सम्बन्ध हुनुपर्ने बताए ।
कार्यक्रममा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष लिल बहादुर रानाले संस्थाका प्रगति प्रतिवेदन प्रस्तुत गर्र्दै ज्ञानोदय पुस्तकालय सबैको पुस्तकालयका रुपमा विकास गरिएको बताए । विद्यार्थी, किसान लगायत विज्ञान प्रविधि सहितको पुस्तकालयका रुपमा विकास गरिएको बताए । साथै खुल्ला विश्वविद्यालय अन्तर्गत एम.फिल. कार्यक्रम सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउँदै पुस्तकालयमा उच्च शिक्षाका लागि उपयोगि बनाउने बताए ।
कार्यक्रममा पुस्तकालयका सचिव विष्णु वेल्वासे र कोषाध्यक्ष चेतकान्त भट्टराई आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा ज्ञानोदय पुस्तकालयको संस्थापक यूवाराज पौडेल, स्व.हरि प्रसाद पौडेल स्मृति अक्षयकोषबाट शिक्षा क्षेत्रमा योगदान पु¥याएका केशर बहादुर आले र नियमित पाठकका रुपमा ओम प्रसाद पौडेललाई सम्मान गरिएको थियो । हाल ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा संस्थागत, आजिवन र साधारण गरी ८ सय १९ जना सदस्य रहेका छन् ।