डिएसपी भट्टराईलाई बिदाई

पिपलबाेट संवाददाता


साउन २०
कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी यज्ञ प्रसाद भट्टराईको सरुवा भएको छ । करिब एक बर्ष देखि कोहलपुरमा कार्यरत भट्टराईलाई सामुदायिक सेबा केन्द्र कोहलपुर तथा सामुदायिक प्रहरी सेबा केन्द्रले बदाई गरेको छ ।
विदाई कार्यक्रममा बोल्दै डिएसपी यज्ञ प्रसाद भट्टराईले सबैको सहयोग र सहकार्यका कारण आफ्नो कार्यकालमा राम्रो प्रभाब परेको भन्दै शान्ति सुरक्षा कायम गर्नमा सहयोग गर्न सबैलाई धन्यबाद दिँदै समयले साथ दिएमा फेरी कोहलपुरमा आई सेवा गर्नेसमेत बताए । साथै उनले कोहलपुरको विकाससँगै अपराधिक गतिविधिहरु बढ्दै गईरहेकोले यहाँको शान्ति सुरक्षाका लागि स्थानिय जनताले प्रहरीलाई साथ दिनुपर्ने बताए ।
विदाई कार्यक्रम बोल्दै सामुदायिक सेबा केन्द्र कोहलपुरका अध्यक्ष नारायण गौडेलले छोटो समयमै कोहलपुर प्रहरीको नेतृत्व समालेपछि स्थानीयवासीमा पु¥याएको शान्ति सुरक्षा, नगरमा देखिएका विकृती विसंगती र अपराधिक गतिविधि न्यूनीकरण गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

२० श्रावण २०७५ मा प्रकाशित
Nabintech