पुस्तकालय ‘तालाबन्दी’को वास्तविकता

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको निर्वाचन साउन ३० गते हुने भएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको निर्वाचन मण्डलले शनिबार निर्वाचत तालिका सार्वजकि गर्दै साउन ३० गते निर्वाचन हुने निर्वाचन मण्डलका संयोजक जय प्रसाद पौडेलले बताएका छन् । उनका अनुसार शनिबार मतदाता नामावली प्रकाशन, नामावली उपर उजुरी, दावी विरोध, आईतबार दावि विरोध उपर छानबिन गरी अन्तिम मतदाता नामावली प्रकाशन, सोमबार उम्मेद्वारी उम्मेदवारी दर्ता, उम्मेदवारी उजुरी एवम् दावि विरोध, फिर्ता लिन इच्छुक उम्मेद्वारहरुको उम्मेदवारी फिर्ता र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने बताएका छन् । त्यस्तै बुधबार (साउन ३०) गते निर्वाचन हुने जनाईएको छ ।
कानून अनुसार निर्वाचन हुन्छ ः पौडेल
नेपाल सामुदायिक पुस्तकालयका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेलले कानून अनुसार नै निर्वाचन हुने बताएका छन् । पुस्तकालयमा पछिल्लो समयमा राजनीति भएको भन्ने समाचार प्रकाशित भएको प्रति आपत्ति जनाउँदै सामुदायिक पुस्तकालयमा ताला लगाउनु गलत भएको बताएका छन् ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको कार्य समितिको साउन १ गते बसेको बैठकको प्रस्ताव नं. ७ माथि छलफल हुँदा निर्णय नं. ७ मा आजीवन÷साधारण सदस्यता सम्बन्धमा निर्णय ७ प्रस्ताव नं. ७ माथि व्यापा छलफल गर्दा यस संस्थाको आजीवन÷साधारण सदस्यताका लागि परेका निम्न अनुसारका निवदेनहरुलाई आजीवन सदस्यता दिने निर्णय गरिएको विषयलाई लिएर विवाद सुरु गरिएको छ । यस निर्णयका बारेमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष लिल बहादुर रानाले निवेदनमा आजीवन तथा साधारण सदस्य मागेहरुलाई निवेदनमा जे मागेको छ त्यहि सदस्य प्रदान गर्ने भनि छलफल गरिएको र सचिवले भुलबस साधारण सदस्य मागेकालाई कसरी आजीवन सदस्य प्रदान गर्ने निर्णय लेखेको स्वीकार्दै साउन १६ गतेको कार्य समितिको बैठकले प्रस्ताव नं. २ सम्बन्धमा यस पुस्तकालयको यस वर्षको साधारण सभा तपशिल बमोजिको सदस्यता सदर गरिएको निर्णय गरिएको थियो । जसमा संस्थागत सदस्य १३, आजीवन सदस्य ६ सय ७१ र साधारण सदस्य १३५ गरी कुल ८ सय १९ जना सदस्य रहने भनि निर्णय समते गरिएको रानाले बताए । साधारण सदस्य मागेकाहरुलाई विधानमा व्यवस्था भए अनुसार साधारण सदस्यता शूल्क लिई साधारण सदस्यता प्रदान गरिएको उनले बताए । साधारण सदस्य बाफत रु. १ सय ५१ रुपैयाँ लिई रसिद सम्म काटि रकम बैंक दाखिला गरिएको समेत बताए । साथै यहि साउन १६ गते पुस्तकालयका केहि नयाँ पुराना र आजीवन सदस्यहरुले तीन बुँदे ज्ञापन पत्र बुझाएको र उक्त ज्ञापनको विषयलाई लिएर साउन १७ गते बिहान ज्ञापन पत्र बुझाउनेहरुको तर्फका प्रतिनिधि र पुस्तकालयका प्रतिनिधिहरु बिच छलफल हुँदा यसको निकास राजनीतिक दलबाट गर्नु पर्ने भन्दै छलफलमा सहभागि नेकपाका नेता सूर्य ढकालले बताए पछि पुन बैठक बस्ने गरी बैठक स्थगित गरिएको थियो । साउन १७ गते नै केहि राजनीति दल र पुस्तकालय बिच भएको छलफलमा दलिय भाग भण्डाका आधारमा पुस्तकालयको नयाँ कार्यसमिति चयन गर्नुपर्ने भनि छलफल भएको र पुन आ–आफ्नो दलको आधिकारीक धारण लिएर आउँने भन्दै साउन १८ गते बैठक बस्ने गरी बैठक स्थागित भएको थियो ।
साउन १८ गते बिहान ८ बजे बसेको बैठकमा राप्रपालाई उपाध्यक्ष, जनमोर्चालाई एक सदस्य, नेमकिपालाई १ सदस्य, काँग्रेसलाई अध्यक्ष, कोषाध्यक्ष र चार सदस्य, नेकपालाई सचिव, सहसचिव र १ सदस्य लिने दिने विषयमा छलफल भएको र यो बारेमा आ–आफ्नो पार्टीमा छलफल गरी बेलुका चार बजे बैठक बस्ने गरी बिहानको बैठक स्थगित भएको थियो ।
साउन १८ गतेकै दिउँसो २ बजे जिल्ला प्रशासनबाट पुस्तकालयको विषयमा उजुरी परेको फोन मार्फत जानकारी भएको अध्यक्ष रानाले बताए । त्यस प्रश्चत बेलुका ४ बजे बसेको दलहरुको बैठकमा नेकपा प्रतिनिधि सूर्य ढकालले आफुहरुलाई एक सदस्य थप नगरेमा आफुहरु यो विषयमा सहमति नहुने भन्दै बैठक छोडि गएको केहि समयमै केहि यूवाहरुको समूह पुस्तकालय आई अन्य राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पाठक, पदाधिकारी सहित सबै भित्र रहेको अवस्थामा दादागिरी शैलिमा ताला बन्दी गरिएको उनले बताए । आफुले ताला बन्दी भएको बारेमा प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत जानकारी गराई परामर्श समेत गरेको र प्रजिअले साधारण सभाको उद्घाटन र बन्द शत्र १९ गते गर्नु र चुनावी प्रक्रिया गर्नु अगाडि कार्यालयमा आई छलफल गरेर मात्र चुनावि प्रक्रिया अगाडि बढाउनुपर्ने निर्देशन दिए अनुसार आफुहरु साधारण सभा सम्पन्न गरेको बताए । साधारण सभामा नेकपामा आस्था राख्ने केहि आजीवन तथा साधारण सदस्यहरु सभामा सहभागि भएपनि उपस्थितमा हस्तक्षर नगरी बसेका थिए ।
सभाको प्रमुख अथिति प्रदेश नं. ५ की भूमि, कृषि तथा सहकारी मन्त्री आरती पौडेल र कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत समेतलाई नेकपाले कार्यक्रममा सहभागि नहुन आग्रह गरेपछि कार्यक्रममा सहभागि भएका सामुदायिक पुस्तकालयका केन्द्रीय उपाध्यक्षको विशिष्ट अथित्यता र कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीको अथित्यतामा साधारण सभाको उद्घाटन सभा सम्पन्न गरिएको उनले बताए । साधारण सभामा संगठित र आर्थिक प्रतिवेदन माथि व्यापक छलफल गरी सर्वसम्मतबाट पारीत गरिएको थियो । कार्यसमितिको निर्णयबाट मनोनित गरिएका तीन सदस्यीय निर्वाचन मण्डल नाम समेत सभाबाट अनुमोदन गरिएको थियो । त्यस पश्चत आफु जिल्ला प्रशासन कार्यालयमा साधारण सभा सम्पन्न गरी अब निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भनि परामर्श लिन गएको र प्रजिअले संस्थाको विधान अनुसार निर्वाचन कार्यक्रम अगाडि बढाउन निर्देशित गरे अनुसार आफुले निर्वाचन समितिलाई निर्वाचन प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको रानाले बताए । निर्वाचन प्रक्रिया अनुसार नै शनिबार निर्वाचन तालिका सार्वजनिक गरिएको अध्यक्ष रानाले बताएका छन् ।
तालिका सार्वजनिक भएपछि कार्यालय बन्द भई सकेको समयमा केहि यूवाहरुको समूह आई पुन दादागिरी शैलिमै तालाबन्दी गरि विज्ञप्ती टाँस गरिएको छ । विज्ञप्तीमा हस्ताक्षर गर्नेहरु तालामा बन्दीमा सहभागि नभए पनि केहि यूवाहरुको समूहले ताला बन्दी गरेको अध्यक्ष राना बताउँछन् ।
ज्ञापन पत्र बुझाउने मध्येका एक तेजप्रसाद चापागाँईले अबैध रुपमा वितरण गरिएका साधारण सदस्यहरुको सदस्यता खारेजी नभई कुनै प्रक्रिया अनुरुप शनिबार पुस्तकालयमा तालाबन्दी गरिएको बताए । सदस्यता वितरणमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरिएपनि त्यसको छिनोफानो नहुँदै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै तालाबन्दी गरिएको बताएका छन् ।

२६ श्रावण २०७५ मा प्रकाशित
Nabintech