ज्ञानोदयका पाठकद्वारा तालाबन्दीको विरोध

पिपलबाेट संवाददाता


कोहलपुर, साउन २९
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका पाठकहरुले पुस्तकालयमा केहि दिन देखि लगाईएको तालाबन्दीको विरोध गरेका छन् । वर्तमान कार्यसमितिले पुस्तकालयका साधारण सदस्यहरुलाई विधान विपरीत साधारण सदस्यता वितरण गरेको भन्दै शनिबारदेखि तालाबन्दी गरेपछि ज्ञानोदय सामुदायिक पुस्तकालयमा अध्ययन गर्न आउने नियमित पाठकहरुले आज विरोध जनाएका छन् ।
सार्वजनिक शैक्षिक संस्थामा नेकपाले ताला लगाउन गलत गरेको भन्दै पुस्तकालय परिसरमा एक घण्टा विरोध जनाएका छन् । पुस्तकालय जस्तो शिक्षा हासिल गर्ने सार्वजनिक ठाउँमा राजनीतिक दलको आवरणमा ताला लगाउन नहुने ज्ञानोदय सामुदायिक पुस्तकालयका नियमित पाठक ओम प्रकाश पौडेलले बताएका छन् । साथै उनले पुस्तकालयमा भएको समस्या समाधानका अन्य विभिन्न माध्यम हुँदाहुँदै ताला बन्दी गर्नु गलत गरेको भन्दै तत्काल ताला खोल्नुपर्नेमा जोड दिएका छन् । ‘पुस्तकालयको समस्या वार्ताबाट समाधान गर्ने हो’ उनले भने ‘ताला लगाएर पाठकहरुको अध्ययन गर्ने अधिकारबाट बञ्चित गर्न पाईदैन् ।’
त्यस्तै पुस्तकालयमा राजनीति गर्नु कोहलपुरका लागि राम्रो नभएको अर्का नियमित पाठक बैजनाथ–४ बाँकेका राजन रोकायले बताएका छन् । साथै उनले पुस्तकालयमा भएको ताला बन्दीलाई आम पाठक वर्गले स्वीकार गर्न सक्ने अवस्था नभएको बताउँदै राजनीतिक दाउपेजका रुपमा पुस्तकालयलाई लिन पाउने अधिकार कसैलाई नभएको उनले बताए ।
त्यस्तै अर्का नियमित पाठक पुस्तकालय भनेको के हो ? यो भित्र के छ यसले के काम गर्छ भन्ने थाहा नपाएकाले ताला बन्दी गर्दा पाठकहरुले सास्ती भाग्नु परेको बताएका छन् । साथै उनले हिजो सम्म पुस्तकालमा नदेखिने पुस्तकालयका बारेमा थाहै नभएका पुस्तकालयका स्दस्य बनेर आज तालाबन्दी गर्न आउनेको सदस्यता खारेज गर्न पुस्तकालयको कार्यसमितिले निर्णय लिनुपर्ने आँट गर्नुपर्ने बताएका छन् ।
पुस्तकालयको १ सय ३५ जनालाई साधारण सदस्यता विरतण गरेको भन्दै नेकपा समर्थक पुस्तकालयका सदस्यहरुले विरोध जनाउँदै पुस्तकालयमा दुई पटक ताला लगाएका छन् ।
ताला लगायने नयाँ सदस्य
ज्ञानोदय सामुदायिक पुस्तकायमा ताला लगाउने सबै नयाँ सदस्य रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष लिल बहादुर रानाले बताएका छन् । पुस्तकालय कार्यसमितिको साउन १ गतेको बैठकले नयाँ सदस्यता दिने निर्णय गरेपछि साउन ८ गते देखि मुद्वा हाल्ने, ताला लगाउने काम नयाँ सदस्यले गरेको उनले बताए । साथै निर्णय गरेका सदस्यहरुलाई पुस्तकालयले प्रमाणपत्र समेत दिन पाएको छैन् । १७ वर्ष देखि निरन्तर रुपमा साँझा शैक्षिक संस्थामा रुपमा चल्दै आएकोमा अहिले नयाँ सदस्यता दिने निर्णय गर्दा विवाद उत्पन्न गर्न खोजेको उनले बताए । गतल मनासयका साथ नयाँ सदस्य हुन आएकालाई एकैपटक यति धेरै सदस्यता दिँदा पुस्तकालयको गरिमा माथि आँच आएको अध्यक्ष रानाले स्वीकार गरेका छन् ।
साथै २०५८ सालमा सम्पूर्ण मजदुर, किसान, विद्यार्थी, व्यापारी, बुद्विजीवि, शिक्षा प्रेमी र आम सर्वसाधारणहरुलाई सहज रुपमा नयाँ नयाँ ज्ञान प्राप्त गर्ने उद्देश्यका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय स्थापना गरिएको पुस्तकालयका संस्थापक सदस्य नारायण गौडेलले बताएका छन् । साथै उनले अहिले बहुमत नपुगेको भन्दै १७ वर्ष देखि चल्दै आएको पुस्तकालयमा ताला लगाउनु गलत भएको उनले बताएका छन् ।
साउन २६ गते पुस्तकालयको निर्वाचन मण्डलले निर्वाचन तालिका सार्वजनिक गरे पछि पुस्तकालयको विवाद नसुल्झाई निर्वाचन प्रक्रिया अगाडी बढाईएको भन्दै नयाँ आजिवन सदस्य बनेका खिलप्रसाद भुषाल, तेज प्रसाद चापागाई, राजेनद्र विष्ट, मायाँ गौतम, खेमराज शर्मा, हेमन्त भट्टराई, गंगाराम चालिसे लगायत आजिवन सदस्यहरुको केहि समूहले निर्वाचनको कार्यक्रम रोक्नुपर्ने माग सहित पुस्तकालयमा तालाबन्दी गरेका हुन् ।
पुस्तकालयमा पुन ताला लागेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले ज्ञानोदय सामुदायिक पुस्तकालयको कार्यसमितिले गरेको निर्णय पुस्तिका, आजीवन÷साधारण सदस्यहरुको अभिलेख पुस्तिका, सदस्यता काटेको रसिद, बैंक भैचर र सदस्यहरुको सदस्यता फारम लगायतका कागतजातहरु मागे पछि पुस्तकालयले उक्त कागजातहरु प्रशासनमा उपलब्ध गराएको छ । जिल्ला प्रशासनले प्राप्त भएको कागजातहरुका आधारमा समस्या समाधान गर्ने जनाएको छ ।

२८ श्रावण २०७५ मा प्रकाशित
Nabintech