ज्ञानोदय पुस्तकालयको ताला खुल्यो

पिपलबाेट संवाददाता


साउन ३१
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयमा शनिबारदेखि लागेको ताला बिहीबार खुलेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले साधारण सभा तथा अधिवेशन सम्बन्धी पत्रमा उल्लेख गर्दै पुस्तकालयलाई ताला खुलाई निर्वाचन गर्न उल्लेख गरेको छ । पुस्तकायको १७ औं साधारण सभाको निर्वाचन सम्बन्धमा साधारण सदस्य ताथ आजीवन सदस्यहरुको सदस्यता वितरण सम्बन्धमा त्यस पुस्तकालयबाट साउन १ मा बसेको बैठकको निर्णय नं. ७ अनुसार आजीवन सदस्यता दिने सम्बन्धी निर्णय भएकोमा साधारण सदस्यता दिएको भनी विवाद उत्पन्न भई निर्वाचन गर्ने कार्य समेत रोकिएकोमा पुस्तकालयबाट विवरण गरिएको सदस्यता र विभिन्न निर्णयहरु समेतबाट उक्त पुस्तकालयको विधान २०७१ को दफा १० (१) मा सदस्यता सम्बन्धी व्यवस्था भए बमोजिम साधारण सदस्यत प्राप्त गर्न चाहने व्यक्तिले सदस्यता शूल्क वापत रु १ सय ५१ बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले साधारण सदस्या प्राप्त गर्न सकिने व्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ । साथै साधारण सभा तथा अधिवेशनमा सदस्यता रहने नरहने विचार गर्दा सोही विधानको निर्वाचन सम्बन्धी व्यवस्थाको दफा २३ (ख) साधारण सदस्य, आजीवन सदस्य, संस्थागत सदस्य र संस्थापनले निर्वाचनमा उम्मेद्वार बन्न र मतदान गर्न पाउने कुरा जिल्ला प्रशासनबाट प्राप्त पत्रमा उल्लेख गरिएको छ ।
‘विधानको दफा ११मा साधारण सभाको गठनको व्यवस्था भए अनुसार सोही दफाको ११ (१) अनुसार संस्थाको विधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्न सदस्यता वितरण गरेको विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट साउन २९ मा सदस्यता विवरण सम्बन्धमा स्पष्ट पार्न पत्राचार भएकोमा पुस्तकालयबाट साउन ३० मा पेश भएको पत्र समेतलाई मध्यनजर गर्दा संस्थाको विधानमा साधारण सभा संस्थाको सर्वोच्च अंग हो भनी उल्लेख भएको र सोही विधान क्रियाशिल हुनेहुँदा कार्यसमितिबाट निर्णय भई सदस्या शूल्क वापतको रकम बुझाएका सदस्यहरु बैध हुने भएकोले सोही बमोजिम बैंक सदस्यहरु सहभागि भई विधान अनुसार साधारण सभा÷अधिवेशन गर्न बाधा नपर्ने देखिएकोले सोहि अनुसार गर्न गराउन हुन आदेशानुसार अनुरोध छ’ जिल्ला प्रशासन बाँकेबाट प्राप्त पत्रमा उल्लेख गरिएको छ । जिल्ला प्रशासनले पुस्तकालयका सबै कागजात हेरीसकेपछि साधारण सदस्य बैध भएको भनेपछि प्रहरीको सक्रियतामा ताला खुलाएको ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष लिल बहादुर रानाले बताएका छन् । पुस्तकालयको ताला खुलेसँगै निर्वाचन प्रक्रिया अगाडि बढ्ने उनले बताएका छन् ।

३१ श्रावण २०७५ मा प्रकाशित
Nabintech