जीवन ज्योतिद्वारा विज्ञान तथा कला प्रर्दशनी

पिपलबाेट संवाददाता


कोहलपुर, भदौ ३
बाँकेको कोहलपुर–१०मा रहेको जीवनज्योति विद्यालयले एक दिने विज्ञान तथा कला पर्दशनी र खाद्य मेला सम्पन्न गरेको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुले निर्माण गरेका विभिन्न चित्रकला तथा विज्ञान सम्बन्धीका सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।
प्रदर्शमा राखिएका विज्ञान तथा कला प्रर्दशनीको अवलोकन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले विद्यार्थीहरुको अन्र्तनिहित क्षमताको विकास गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनले बालबालिकाहरुलाई सिर्जनात्मक क्षमताको विकासका लागि यस्ता गतिविधिले विशेष महत्व राख्नेमा जोड दिए ।
त्यस्तै विज्ञान तथा कला प्रर्दशनीको अवलोकन गर्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले बालबालिका भित्र लुकेर रहेको क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले गरेको कार्यप्रति धान्यवाद व्यक्ति गरेकी थिईन् । साथै उनले बालबालिकाको व्यक्तित्व विकासका लागि विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएकी थिईन् ।
त्यस्तै जीवनज्योति विद्यालयका प्रधानाध्यापक फादर जोमन जेम्सले पाठ्यक्रम सँग सँगै विद्यार्थीहरुको चौतर्फी विकासका लागी यस्तो कार्यक्रमको आयोजना गरिएको बताएका छन् । बालबालिकाहरुलाई सानै उमेरमा सिर्जनात्मक चिन्तनको विकासका लागि कार्यक्रमको आयोजना गरिएको बताए । विद्यालयले हाल कक्षा ५ सम्म अध्यापन गराईरहेको छ ।
विज्ञान तथा प्रर्दशनी कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, शिक्षा प्रेमी लगायत विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो ।

३ भाद्र २०७५ मा प्रकाशित
Nabintech