बागेश्वरी बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामेराको उद्घाटन

पिपलबाेट संवाददाता


कोहलपुर, भदौ ३
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुुमुखी पब्लिक क्याम्पसमा जडान गरिएका सिसिटिभी क्यामेराको उद्घाटन गरिएको छ । क्याम्पसलाई प्राविधिमैत्री बनाउने उद्देश्यका साथ कोहलपुर उद्योग वाणिज्य संघले१० वटा सिसिटीभि क्यामेरा क्याम्पसालाई उपलब्ध गराएपछि कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेको हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालको आंगिक क्याम्पसका रुपमा यो वर्षदखि बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस भएसँगै क्याम्पसको भौतिक तथा प्राविधि पक्षलाई जोड दिईएको अध्यक्ष न्यौपानेले बताएका छन् । साथै उनले बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको शनिबार बसेको सञ्चालक समितिको बैठकले यस वर्षको शैक्षिक सत्रबाट स्नातक तह प्रथमको भर्ना अभियानलाई जोड दिने निर्णय गरिएको बताएका छन् । क्याम्पसले यस वर्षदेखि स्नातक तहको प्रथम वर्ष अन्तर्गतका शिक्षाशास्त्र, मानविकिय शास्त्र र व्यवस्थापकिय शास्त्रका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले तय गरेको पाठ्यक्रम अनुसार शिक्षण हुने उनले बताएका छन् । “गुणस्तरिय शिक्षाका लागि क्याम्पसमा सेमेस्टर प्रणाली अनुसार शिक्षण हुन्छ” उनले भने “क्याम्पसमा अब प्राविधिक र गुणस्तरिय शिक्षालाई पहिलो प्राथमिकता राख्नका लागि विभिन्न निकायहरुसँग सहकार्य भईरहेको छ ।” समृद्व क्याम्पस र गुणस्तरिय शिक्षामा जोड दिने अभियानलाई सफल बनाउनका लागि सबैको साथ र सहयोगको आवश्यकता परेकोले सबैले साथ दिन अनुरोध गरेका छन् ।
त्यस्तै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले विश्व परिवेश अनुसारको शिक्षा प्रदान गर्नका लागि क्याम्पसको शैक्षिक गुणस्तर वृद्वि गर्नका लागि सहकार्य गरी अगाडि बढ्न अनुसार गरेका छन् ।
कार्यक्रममा कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्का, उद्योग बाणिज्य संघ अध्यक्ष चक्र बहादुर अधिकारी, क्याम्पस संचालक समितिका सदस्य लगायत क्याम्पसका प्रध्यापकहरुको सहभागिता रहेको थियो ।

३ भाद्र २०७५ मा प्रकाशित
Nabintech