प्रथम नगर अधिवेशनबाट अध्यक्ष रावत

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा नीजि तथा आवासीय विदालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को प्रथम नगर अभिवेशनबाट यम रावत चयन भएका छन् । प्याब्सनमा आवद्व विद्यालयको शनिबार कोहलपुरमा सम्पन्न प्रथम अभिवेशनबाट अध्यक्षमा रावत चयन भएका छन् । त्यस्तै सचिवमा गोविन्द सुवेदी, कोषाध्यक्षमा रमेश केसी चयन भएको छन् । सदस्यमा रविन्द्र रेग्मी, मुक्ति शाह, भोजेन्द्र शाह र प्रभात भारती चयन भएको छ ।
त्यस अघि उद्घाटन सत्रमा बोल्दै प्याब्सनका केन्द्रीय महासचिव राजेन्द्र बानियाले नेपालको शैक्षिक विकासका लागि संस्थागत विद्यालयले महत्वपूर्ण भूमिका खलेको बताउँदै राज्यले नीजि विद्यालयको वृद्वि र विकासका लागि राज्यले विशेष नीति लिनुपर्नेमा जोड दिएका छन् । साथै उनले विश्वपरिवेश अनुसारको दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरिय शिक्षालाई संस्थागत विद्यालयले जोड दिएको स्मरण गराउँदै नीजि विद्यालयहरुको भावना अनुसार राज्यले नीति लिन सुझाव सेमत दिएका थिए ।
कार्यक्रममा बोल्दै प्याब्सन पूर्व केन्द्रिय उपाध्यक्ष नारायण सिग्देलले नीजि विद्यालयहरुको हक र अधिकारका लागि प्याब्सनको गठन भएकाले यसको भावना अनुसार कार्य गर्न वर्तमान नेतृत्वलाई आग्रह गरेका थिए । प्याब्सन केन्द्रिय सदस्य डा. अर्जुन सिग्देलले संस्थागत विद्यालयहरुलाई राज्यले सहि नीति लिएको खण्डमा मुलुकको शैक्षिक विकास तिव्र गतिमा हुने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष निम बहादुर चलाउनेले सरकारी विद्यालय र संस्थागत विद्यालयको शिक्षामा समानता आएमा शैक्षिक गुणस्तरमा वृद्वि हुने भन्दै राज्यले विवेदकारी नीति लिन नहुनेमा जोड दिएका छन् ।
विभिन्न सम्मान्
कार्यक्रममा प्याब्सनलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याएकालाई सम्मान गरिएको थियो । विगत लामो समयदेखि शिक्षामा योगदान पु¥याएका नारायण प्रसाद सिग्देल, डिल्ली शाह र लक्ष्मी सुवेदीलाई सम्मान गरिएको थियो । त्यस्तै प्याब्सनलाई सञ्चार माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दे बागेश्वरी टेलिभिजनका व्यवस्थापक चेतकान्त भट्टाराई र मिसन टुडे दैनिकका प्रकाशक विनोद पौडेललाई सम्मान गएिको छ भने विभिन्न पब्लिकेशनहरुलाई पनि सम्मान गरिएको थियो ।
प्याब्सन कोहलपुरका अध्यक्ष यम बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव आरबी कटवाल, केन्द्रीय सदस्य डा. अर्जुन सिग्देल, कोहलपुर नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष निम बहादुर चलाउने, विद्यालय निरीक्षक दान बहादुर बिष्ट, क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देल लगायत प्याब्सनमा आवद्व शिक्षकहरुको सहभागिता रहेको थियो ।

३ भाद्र २०७५ मा प्रकाशित
Nabintech