ज्ञानोदय पुस्तकालयको अध्यक्षमा भट्टराई निर्वाचित

पिपलबाेट संवाददाता


कोहलपुर, भदौ ४
बाँकेको कोहलपुर रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको अध्यक्षमा चेतकान्त भट्टराई निविरोध निर्वाचित भएका छन् । ३ वर्षिय नयाँ कार्यकालका लागि आईतबार सम्पन्न भएको निर्वाचनबाट उपाध्यक्षमा लाल बहादुर रानाले ३ सय ५५ मत ल्याएर विजय भएका छन् । उपाध्यक्ष पदका अर्का उम्मेद्वार बद्री ढकालले १७ मत ल्याएका थिए । सचिवमा सुशिल सापकोटा, सहसचिव निर्मल आचार्य र कोषध्यक्षमा रजनी शर्मा निविरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा ठाकुर प्रसाद भुषाल ३ सय ३६, माधव शर्माले ३ सय २०, पुष्पानन्द गिरीले २ सय ९९ मत ल्याएर सदस्यमा विजय भएका छन् भने महिला सदस्यमा शर्मिला मल्ल र गिता प्याकुरेल निविरोध निर्वाचित भएकी थिईन् । ज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा चेतकान्त भट्टराई, सचिव सुशिल सापकोटा, सहसचिव निर्मल आचार्य, कोषाध्यक्ष रजनी शर्मा, महिला सदस्य शर्मिला मल्ल र गिता प्याकुरेल निर्वारोध निर्वाचित भएकी थिईन् । साथै उपध्याक्ष, र तीन सदस्यका लागि आईबार निर्वाचन सम्पन्न भएको हो । कुल ४ सय १३ मत खसेकोमा २० मत बदर भएको थियो ।
ज्ञानोदय सामुदायि पुस्तकालयको निर्वाचनका विषयमा केहि कुरा बाहिर आएपनि विधि र प्रक्रिया पुरा गरेरै निर्वाचन सम्पन्न गरिएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष लिल बहादुर रानाले बताएका छन् । निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचित भएपछि अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयको विकासका लागि सबैसँग सहकार्य गरी अगाडि बढ्ने बताएका छन् ।

४ भाद्र २०७५ मा प्रकाशित
Nabintech