लागु औषध तथा टा«फिक नियम सम्बन्धि सचेतना

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा लागु औषध तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरले आईतबार कोहलपुर नगरपालिका वडा नं. १ देखि ६ सम्मका ५ वटा माध्यामिक तहमा अध्ययनरत विद्यार्थीलाई लागु औषध तथा ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी नायव निरीक्षक रमेश कुमार सिंहले लागु औषध प्रयोग गरेका बालबालिका समाज, घरपरिवारबाट अलगै हुने अवस्था आउने भएकाले लागु औषधलाई न्यूनिकरण गर्नका लागि सबैको साथ र सहयोग आवश्यकता पर्ने बताएका छन् । साथै उनले विद्यालय जीवनमा विद्यार्थीहरु लागु औषधमा फास्ने भएकाले विद्यालय उमेरका विद्यार्थी सजग हुन सुझाव दिएका थिए ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुरका असई कुमार राज विष्ठले विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिएका थिए । सडकमा आवत जावत गर्न, ट्राफिक नियम पालन गर्न, सवारी सधान प्रयोग गर्दा अपनाईने समाधानिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर सामुदायिक सेवा केन्द्रका अध्यक्ष नारायण प्रसाद गौडेलले कोहलपुरमा लागु औषध न्यूनिकरण गर्नका लागि विद्यार्थीहरुलाई सचेत बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताएका छन् । साथै उनले कोहलपुरमा लागु औषधलाई न्यूनिकरण गर्नका लागि १५ वटै वडामा सचेतनामुलक कार्यक्रमहरु गर्ने बताएका छन् । कार्यक्रममा करिब सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

४ भाद्र २०७५ मा प्रकाशित
Nabintech