पारिश्रमिक बढाउन माग

पिपलबाेट संवाददाता


कोहलपुर,
नेपाल बालविकास शिक्षक संघर्ष जिल्ला समितिले पारिश्रमिक बढाउन माग गरेको छ । राज्यले हाल मासिक छ हजार दिँदै आईरहेको अवस्थामा तत्काल पारिश्रमिक बढाउनुपर्ने माग राखेका छन् । कोहलपुरमा आईतबार पत्रकार सम्मेलन गर्दै राज्यले न्यूनतम पारिश्रमिक तोक्न माग सहित राज्यसँग माग गरिहेको नेपाल बालविकास शिक्षक संघर्ष समितिकी केन्द्रीय अध्यक्ष कृष्णा कुमारी थापा मगरले बताईन् । साथै उनले पूर्व प्राथमिक तहलाई विद्यालय शिक्षामा समावेश गरिसके पनि राज्यले प्राथमिक तहको शिक्षक बराबार पारिश्रमिक नतोकेकोले तत्काल आफ्ना मागहरु पुरा गर्न अनुरोध गरेकी छिन् ।
संघ प्रदेश र स्थानिय सरकारले बनाउने नयाँ शिक्षा ऐन (कानून) बालविकास केन्द्रलाई शिक्षा नियमावलीको आठौं र नवौं संशोधनबाट आधारभूत तहको संरचनामा समावेश गरि दरबन्दी कायम गर्नुपर्ने, प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुलाइृ सामान्य प्रक्रियाबाट दरबन्दीमा समायोजन गर्नुपर्ने र स्थायी प्रक्रिया अगाडि बढाउनुपर्ने, प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुको सेवा, शर्त र सुविधा आधारभूत तह (प्रा.वि.) शिक्षक सरह कायम गर्नुुपर्ने माग राखिएको बताईन् । साथै बालविकास शिक्षकहरुको कार्य अवधि गणना गरि उमेरको हद नलगाउनुपर्ने, बालमैत्री कक्षाको व्यवस्थापन गर्नुपर्ने, बालविकास शिक्षकहरुलाई शिक्षक सरहको शैक्षिक योग्यता हासिल गर्न समय दिनुपर्ने भन्दै राज्यसँग माग गरेकी छिन् ।
साथै आफ्ना मागहरु पुरा नभए देशैभरीका बालविकास केन्द्रमा भदौ ६ देखि ८ गतेसम्म कालोपट्टी बाधि अध्ययन अध्यापन गराउने, भदौं १० गते स्थानिय स्तरका निकायमा २ घण्टा १० बजेदेखि १२ बजेसम्म धर्ना दिने र भदौं २२ गते केन्द्रिय स्तरमा थप आन्दोलनका कार्यक्रम घोषण गर्ने पत्रकार सम्मेलनमा जनाईएको छ ।

४ भाद्र २०७५ मा प्रकाशित
Nabintech