अखिल (क्रान्तिकारी)द्वारा कारबाहीको माग

पिपलबाेट संवाददाता


कोहलपुर, भद्रा १५
बाँकेको कोहलपुर–३ मा मंगलबार ६ वर्षिय बालिका बलात्कृत भएको घटना प्रति विप्लव नेतृत्वको नेपाल कम्यिुष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले घटनामा संग्लनलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष मदन चन्दद्वारा हस्ताक्षर गरेको विज्ञप्ती माफर्त घटनाको सत्य, तथ्य रुपमा छानविन गरी घटनामा संग्लनलाई कारवाहीको माग गरिएको छ ।
‘केही दिन अघी मात्र कन्चनपुरकी निर्मला पन्थ र काँस्की पोखराकी पुष्पा के.सी. को बलात्कार पछाडी हत्या गरिएको घटना सेलाउन नपाउँदै मंगलबार बाँकेको कोहलपुरमा एक मुस्लिम परिवारकी ६ वर्षिय बालिका आफ्नै काका पर्ने हारुण खान दारा बलात्कार भएको घटना प्रती हाम्रो संगठन को गम्भिर रुपमा ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख गरिउको छ । साथै अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनालाई निष्पक्ष ढंगले छानविन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरिएको छ ।

१५ भाद्र २०७५ मा प्रकाशित
Nabintech