वक्तृत्वकला प्रतियोगितामा के.सी. प्रथम

पिपलबाेट संवाददाता


कोहलपुर, भदौ १५
बाँकेको कोहलपुरमा रहेको नमू्ना माविकी छात्रा शितल केसी वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छिन् ।
‘समृद्व पुस्तकालयः सुदृढ समाज’ भन्ने मूल नाराका साथ ११ औं पुस्तकालय दिवसको अवसरमा ‘सीपमूलक शिक्षा आजको आवश्यकता’ विषयक नगरस्तरीय माध्यामिक तह अन्तर्गतको वक्तृत्वकला प्रतियोगितामा नमूना माध्यामिक विद्यालयकी छात्रा शितल के.सी.ले प्रथम भएकी छिन् । साथै प्रतियोगितामा तक्षशीला एकेडमीका छात्रा कमला शाही द्वितीय र बागेश्वरी एकेडेमी माविकी छात्रा आकृती मल्ल तृतीय भएकी छिन् । प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी १७ विद्यालयले सहभागिता जनाएका थिए ।
११ औं राष्ट्रिय पुस्तकालय दिवस सम्पन्न
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयले ११ औं पुस्तकालय दिवस सम्पन्न गरेको छ । ‘समृद्व पुस्तकालयः सुदृढ समाज’ भन्ने मूल नाराका साथ ११ औं पुस्तकालय दिवस ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले नगरपालिका स्तरीय बृहत वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर नेपाल सरकारको राष्ट्रिय कार्यक्रम समेत रहेको दिवसलाई जिल्लास्तरमै भव्य कार्यक्रमका रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रमलाई बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक निम बहादुर चलाउनलेले शिक्षालाई आधुनिकर र वैज्ञानिक बनाउनका लागि राज्यले विशेष नीति लिनुपर्नेमा जोड दिएका छन् । साथै उनले पुस्तकालयको भौतिक तथा अन्य विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै पुस्तकालयको अवधारण गाउँगाउँमा पु¥याउनुपर्नेमा जोड दिए । ‘सामुदायिक तथा संस्थागत विद्यालयहरुबीचको असमानताको खाडल पुर्न सके मात्र नेपालको शिक्षा क्षेत्रमा एकरुपता दिन सकिन्छ’ उनले भने ‘अवको शिक्षा नीतिमा सीपमूलक शिक्षा विषयलाई विद्यालयमा अध्यापन गराइने पाठ्यपुस्तकमा प्राथमिकतामा नराखे व्यवहारिक रुपमा शिक्षा आर्जनले कुनै अर्थ राख्न सक्दैन् ।”
कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख दान बहादुर विष्टले नेपाल सरकारले हरेक वर्ष दिवका रुपमा मनाउँदै आएको राष्ट्रिय पुस्तकालय दिवसले पठन संस्कृतीको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । यस्तै कार्यक्रमका सभापति तथा पुस्तकालय अध्यक्ष चेतकान्त भट्टराईले कोहलपुरको शैक्षिक गतिविधीलाई चलायमान बनाइराख्न पुस्तकालयले इतिहास कायम गरेको दावी गरेका छन् । उनले पुस्तकालयले समाजका सबै बर्ग र क्षेत्रका व्यक्तिहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा शिक्षा सँगै प्राविधिक ज्ञान प्रवाह गर्न सफल भएको बताएका छन् । उनले नेपाल सरकारको राष्ट्रिय कार्यक्रम पुस्तकालय दिवसलाई भव्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्ने सबै सहयोगी संघ संस्था, विद्यालय तथा व्यक्तिलाई धन्यवाद ज्ञापन गरेका छन् ।
दिवसको अवशरमा पुस्तकालयका आजिवन सदस्य समेत रहेका अर्जुन सिग्देललाई ‘शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउँदै शिक्षा क्षेत्रको सम्मानित जनप्रशासन विषयमा विद्यावारिधि उपाधि हासिल गर्न सफल भएकोमा’ पुस्तकालयले सम्मानित गरेको छ । सम्मान ग्रहण गर्दै सिग्देलले पुस्तकालयले गरेको सम्मानले यस क्षेत्रको शिक्षा जगतमा अझ केही योगदान गर्न जिम्मेवारी थपिदिएको प्रतिक्रिया दिएका छन् । उनले कोहलपुर क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावनाहरु रहेकाले सबै मिले कोहलपुरलाई नमूना शैक्षिक नगरी बनाउने अभियानमा सरिक हुन आग्रह समेत गरेका छन् ।
कार्यक्रममा श्रोत व्यक्ति जय प्रकाश शाह, पुस्तकालयका संस्थापक नारायण प्रसाद गौडेल, नगर अन्तर्गतका जनप्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

१५ भाद्र २०७५ मा प्रकाशित
Nabintech