कोहलपुर रेडक्रसद्वारा निःशूल्क दन्त शिविर सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, भदौ १९
बाँकेको कोहलपुरमा रहेको नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा निःशूल्क दन्त शिविर सञ्चालन सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप शाखाको आयोजना, फ्रेश डेण्ट क्लिनिक कोहलपुरको प्राविधिक सहयोग, संयूक्त एम्बुलेन्स चालक संघ बाँके, कोहलपुर सामुदायिक सेवा केन्द्रको समन्वयमा सम्पन्न भएको शिविरमा २ सय ५२ जना स्थानिय सर्वसाधारण एवम् विद्यार्थीहरुले दाँतको परिक्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले मानिसको जीवनलाई स्वास्थ्य बनाउनका लागि दाँतलाई बलियो र राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् । साथै उनले दाँतको समस्याले मानिसको दैनिकीमा विभिन्न प्रकारका समस्याहरु आउने भन्दै दाँतलाई समय समयमा सबैले परिक्षण गनुपर्ने सुझाव दिएका थिए ।
नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाका सभापति नारायण गौडेल प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख श्री दत्त राज हमालज्यू , ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरञ्जन घिमिरे, ज्ञानोदय सामुदायिक पुस्तकालयका सचिव शुसिल सापकोटा लगायत समाज सेवी, रेडक्रसप्रेमी, जुनियर सर्कलका सदस्यहरुको सहभागिता रहेको नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाका कार्यालय प्रमुख लाल बहादुर रानाले बताएका थिए ।

१९ भाद्र २०७५ मा प्रकाशित
Nabintech