नमूनाद्वारा निःशूल्क दन्त शिविर सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, भदौ २२
बाँकेको कोहलपुर–८ मा रहेको नमूना विद्या सदन माविले एक दिने निःशूल्क दन्त शिविर सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको छ । विद्यार्थीहरुको स्वास्थ्य स्वस्थ भएको खण्डमा मात्र शिक्षण प्रभावकारी हुनेभएकाले विद्यालयले दन्त शिविरको आयोजना गरेको विद्यालयका संस्थापक शिव डाँगिले बताएका छन् । ‘विद्यार्थीहरुको दाँतमा समस्या आउँदा पठन पाठनमा प्रभाव पर्ने भएकाले दाँतमा समस्या आउँन नदिनका लागि एक दिने निःशूल्क दन्त शिविर आयोजना गरिएको हो’ उनले भने ‘विद्यार्थीहरुलाई मानसिक र शारीरिक रुपमा सक्षम बनाउन विद्यालय लागपरेको छ ।’ पछिल्लो समयमा विद्यालयहरुले बालबालिकाहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईरहेको बताउँदै नमूना विद्या सदन माविले अन्य विभिन्न चेकजाँचका कार्यक्रममा गर्दैै जाने विद्यालयका प्रिन्सिपल नविन रावतले बताए । फे्रस्श डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा पाँच सय विद्यार्थी, शिक्षक र अभिभावकहरु दन्त परीक्षण गराएका थिए ।

२२ भाद्र २०७५ मा प्रकाशित
Nabintech