‘ज्ञानोदय पुस्तकालयको भवनलाई वडा कार्यालय बनाउने’

पिपलबाेट संवाददाता


कोहलपुर, भदौ २९
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको भवनलाई कोहलपुर नगरपालिका वडा नं. ११ को वडा कार्यालयको रुपमा लिने ज्ञानोदय सामुदायिक पुस्तकालयका आजीवन सदस्य गिरीधारी शर्माले बताएका छन् । शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत ज्ञानोदय सामुदायिक पुस्तकालयको भवनलाई वडा कार्यालयको भवनमा रुपमा लिन सकिने कुरा जनाएका छन् । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका आजीवन सदस्य पुजन विश्वकर्माले सूचना माग गर्दै कार्यालयमा पुगेर अनसन बसेको बारेमा शर्माले आफ्नो सामाजिक सञ्चालनमा ‘सबैको सूचना प्राप्तिको हक छ बु्झ्न पाउनु पर्याे नि । शुरूवात ठिक छ, कुरा नमिले ११ वडा कार्यालय होला ज्ञानोदय पुस्तकालयको भवन’ भनि सार्वजनिक गरेका छन् ।

२९ भाद्र २०७५ मा प्रकाशित
Nabintech