रजिष्ट्रर बोकी हस्ताक्षर गराउँदै चौराहमा सचिव खड्का

पिपलबाेट संवाददाता


कोहलपुर, असोज ३
बाँके कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत कन्द्र कोहलपुरमा १७ औं साधारण सभाबाट नयाँ कार्य समिति चयन भई सकेको अवस्थमा पुन अर्को १७ औं साधारण सभा सम्पन्न भएको केहि दिन वितिसके पछि साधारणसभाबाट सचिवमा चयन भएका बल बहादुर खड्काले १७ औं साधारण सभामा उपस्थिति नभएका ज्ञानोदय पुस्तकालय सदस्यहरुको हस्ताक्षर गर्दै गरेको अवस्थामा फेला परेका हुन् । साधारण सभामा पुस्तकालयका सदस्यहरु उपस्थिति नभए पछि बहुमत पु¥याउनका लागि संविधान दिवसको अवसरमा कोहलपुर चौराहामा उपस्थित पुस्तकालयका आजीवन, संस्थागत र साधारण सदस्यहरुलाई खोज्दै हस्ताक्षर गर्दै गरेको अवस्थमा भेटिएका हुन् । सचिवसँगै सदस्यमा चयन भएका राजेन्द्र विष्ट पनि सँगै थिए । सदस्य राजेन्द्र विष्टसँग जानकारी लिँदा १७ औं साधारणसभाकै रजिष्ट्रर भएको स्वीकार गरेका छन् ।

३ आश्विन २०७५ मा प्रकाशित
Nabintech