ज्ञानोदय पुस्तकालयद्वारा दिप प्रज्वलन

पिपलबाेट संवाददाता


कोहलपुर, असोज ३
बाँके कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले संविधान दिवसरको अवसर पारी कोहलपुर चौराहामा दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। २०७२ साल असोज ३ गते नेपालको सातौं संविधान जारी भएको दिनको सम्झनामा पुस्तकालयले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका सभापति निम बहादुर चलाउने ‘निरज’ले संविधानले नेपाली जनताको हक र अधिकारलाई सुनिश्चित गरेको स्मरण गर्दै संविधानले दिएका अधिकारलाई जनताले आत्मासाथ गर्नुपर्ने बताए । साथै संविधानको विधि र प्रक्रिया भित्र रहि सामाजिक संस्थाहरुले आफ्ना गतिविधिहरु गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै सामुदायिक पुस्तकालयका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेलले पुस्तकालय सबैको साँझा संस्था भएकोले पुस्तकालयको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यले संविधानले नेपाली जनताको सात दशकदेखिको सपना पुरा गरेकोले संविधान कार्यान्वयनमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका सदस्य चण्डि प्रसाद गैरेले पुस्तकालयलाई गाउँस्तरमा पु¥याउनका लागि आवश्यक योजना बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराई, कार्यसमिति पदाधिकारी, पुस्तकालयका आजीवन, संस्थागत र साधारण सदस्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै गरी संविधान दिवसका अवसर पारी नेपाल भारत मैत्री संघ कोहलपुरले पनि दिप प्रज्वलन गरेको छ । संविधानले विदेश नीति स्पष्ट पारेकोले यसलाई सबैले आत्मासाथ गर्नुपर्ने नेपाल भारत मैत्री संघ कोहलपुर अध्यक्ष नरेश बन्तावाईले बताए । बताए ।

३ आश्विन २०७५ मा प्रकाशित
Nabintech