वक्तृत्वकला प्रतियोगितामा नमूनाकी छात्रा के.सी प्रथम

पिपलबाेट संवाददाता


असोज ४
बाँकेको कोहलपुरमा संविधान दिवसको अवसरमा आयोजित अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगितमा कोहलपुर–८मा रहेको नमुना विद्या सदन माविकी कक्षा ९ मा अध्ययनरत छात्रा शितल के.सी. प्रथम भएकी छिन् । ‘संविधान कार्यान्वयनमा यूवाको भूमिका’ विषयक वक्तृत्वकलामा केसी प्रथम भएकी छिन् । साथै प्रतियोगितामा ज्ञानज्योती माविकी प्रतिक्षा वली द्वितीइय र बालविद्या मन्दिरकी प्रतिक्षा रेग्मी तृतीय भएकी छिन् । प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी २० वटा विद्यालयले सहभागिता जनाएकाथिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले वर्तमान विश्व परिवेश अनुसार शिक्षालाई आधुनिकर र वैज्ञानिक बनाउनका लागि राज्यले विशेष नीति लिनुपर्नेमा जोड दिएका छन् । साथै उनले संविधान कार्यान्वयनमा यूवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले संविधानले दिएका अधिकारहरुलाई गाउँगाउँसम्म पु¥याउन यूवा विद्यार्थीहरुले सहयोग गर्नुपर्ने बताए । कोहलपुर नगरपालिकाले विद्यालयमा अध्ययनत विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभाको उजागर गर्नका लागि समयसमयमा यस्ता कार्यक्रम आयोजना गर्ने विश्वास व्यक्त गरेका छन् ।
कोहलपुर नगरपालिकाको पूर्व घोषित कार्यक्रम अनुसार नगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई समेट्ने गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।

४ आश्विन २०७५ मा प्रकाशित
Nabintech