कोहलपुरमा नेविसंघद्वारा विरोध प्रदर्शन

पिपलबाेट संवाददाता


कोहलपुर, अजोस ८
बाँके कोहलपुरमा नेपाल विद्यार्थी संघले सरकारले यातायात क्षेत्रमा र पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्विको विरोधमा एक घण्टा चक्का जाम गरेको छ । नेपाल विद्यार्थी संघ यूवा नेता कलम शाहीको नेतृत्वको विद्यार्थीहरुले सरकारको विरुद्व नाराबाजी लगाउँदै एक घण्टा चक्का जम्म गरेका हुन् । सरकारले एकै पटक १० प्रतिशत भाडा वृद्वि गरेकोभ न्दै नेविसंघ बागेश्वरी बहुमुखी क्याम्पसले विरोध जनाएको कार्यक्रममा बोल्दै नेता कमल बहादुर शाहीले दुई तिहाई सरकारले नेपाली जनतालाई विस्तारै दुःख दिईरहेको बताउँदै सरकारका विभिन्न कदमहरु नसच्चाए कडा भन्दा कडा कदम चाल्ने बताए ।
साथै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्वि सँगै यातायात क्षेत्रमापनि भाडा वृद्वि गरेको भन्दै तत्काल पहिलै भाडा दर कायम गराउन सरकारसँग माग गरेका छन् । कार्यक्रयमा नेविसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

८ आश्विन २०७५ मा प्रकाशित
Nabintech