भण्डारी र पोखेरलद्वारा कोहलपुर नगरपालिका सँग सूचना माग

पिपलबाेट संवाददाता


बाँके कोहलपुर नगरपालिकासँग सूचना माग गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. २ का बामदेव पोखेल र वडा नं. ८ का भुम बहादुर भण्डारीले नेपालीको संविधान भाग ३ को धारा २७ तथा सूचनाकबो हक सम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार सूचना तथा विवरणहरुको प्रमाणित इलेक्ट्रोनिक प्रतिलिपि उपलब्ध गराउन कोहलपुर नगरपालिकासँग अनुरोध गरेको छ । कोहलपुर नगरपालिकाको कार्यालयमा जम्मा कति जना स्थायी, अस्थाई, करार र ज्यालादारी कर्मचारीहरु छन्, सोको नामावली विवरण, कर्मचारी दरबन्दी संस्था के कति आवश्यक हो सो को विवरण, कर्मचारी भर्ना छनौट समिति, उपसमिति साथै उक्त समिति मार्फत कोहलपुर नगरपालिकाका स्थानिय निर्वाचन पश्चात कर्मचारी छनौट प्रक्रियाका सबै निर्णयको प्रतिलिपि माग गरिएको छ ।
त्यस्तै कोहलपुर नगरपालिकाका गौरवका योजनाहरु कुन कुन हुन् साथै सोको छनौट प्रक्रिया के के हो सो को प्रमाणित विवरण, योजनाहरुको डि.पि.आर, प्रक्रिया अध्ययनका लागि परामर्शदाता छनौट प्रक्रियाका लागि भएका निर्णयहरुको प्रमाणित प्रतिलिपि विवरण, आ.व. २०७४÷०७५ र २०७५÷७६ को चालु खर्चमा विनियोजित अन्य सहायता खर्च शिर्षकबाट दुवै आ.व.मा गरिएको खर्च विवरणको प्रमाणित विवरण लगायतका सूचना माग गरिएको भूम बहादुर भण्डारीले बताएका छन् । साथै कोहलपुर नगरपालिकाका जम्मा सवारी साधानहरु कति छन् उक्त सवारी साधनको विवरण र छनौटमा परेका संस्थाहरुलाई विषयगत कार्यक्रम अनुसारको रकम र खर्च विवरण, कोहलपुर नगरपालिकाद्वारा कार्यक्षेत्रमा खटिने कर्मचारी तथा जनप्रतिनिधिहरुको सवारी इन्धन र दैनिक भ्रमण भत्ताको विववरण, आ.व. आ.व. २०७४÷०७५ र २०७५÷७६ मा योजना अनुगमन र बजार अनुगनको सम्पूर्ण भत्ता विवरण र भवन निर्माण आधार संहिता र योजना कार्यान्वयनको मापदण्डको प्रमाणित प्रतिलिपि विवरण उपलब्ध गराउनका लागि कोहलपुर नगरपालिकासँग सूचना माग गरिएको भण्डारीले बताएका छन् । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले सूचना अधिकारी हरि वलीलाई सूचनाको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।

१९ आश्विन २०७५ मा प्रकाशित
Nabintech