दुर्घटनामा परी ६ को मृत्यु, १७ जना घाईते

पिपलबाेट संवाददाता


कोहलपुर, असोज २०
बाँकेको राप्तीसोनारी–२ मा हाईस र ट्रक एकापसमा ठोकिदा छ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाईस र बर्दियादेखि बुटवल जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ कचनापुर स्थित मुगुवा खोला नजिक एकापसमा ठोकिँदा हाईसमा सवार २३ जना सवारी मध्ये छ जनाको मृत्यु भएको ईलका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनामा हाईसमा सवार २३ जना यात्रुहरुमध्ये चार जनाको घटनास्थलमै ज्यान गएको थियो भने दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दाङ तुल्सीपुर–३२ वर्षिका तुल्सी रावत, तुल्सीपुर उपमहानगरपालिका–६ का हाईक चालक ३९ वर्षिय सुनग चौधरी, तुल्सीपुर उपमहानगरपालिका–६ की २७ वर्षिय बसन्ती चौधरी, तुल्सीपुर उपमहानगरपालिकाकै ५० वर्षिय नारायणी शिरिष, सल्यान शाराद नगरपालिका–५ का ३० वर्षिय द्रोणा बुढाथोकी रहेको र एक जना मृतक महिलाको सनाखत हुन हुन नसकेको प्रहरीले जनाएको छ । दुघर्टनमा परी घाईते भएकाहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दुईवटा ट्रकको बिचमा हाईस गएपछि दुर्घटना भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारर्थ गिता भण्डारीले बताईन् ।
दुर्घटनामा परी घाईते हुनेहरुमा दाङ तुल्सीपुर–५ का २१ वर्षिय कृष्ण रिजाल, सोही ठाउँका २४ वर्षिय गिता कुमारी भण्डारी, सोही ठाउँकी ५० वर्षिय धनि डाँगि, रोल्पा थवाङ–२की ४३ वर्षिय राजकुमारी रोका, सोही ठाउँकी ४२ वर्षिय कर्म कुमारी बुढा, सल्यान शारादा–१४ की ३० वर्षिय चन्द्रकला पुन, सल्यान छायाँक्षेत्र–३ की २३ वर्षिय मिना योगि रहेकी छिन् । त्यस्तै दाङ तुल्सीपुर–६ की ४० वर्षिय ईन्द्रिया केसी, सोही ठाउँकी ४२ वर्षिय ईश्वरी वली, सोही ठाउँका ५९ वर्षिय टेक बहादुर सुनार, सोही ठाउँकी ३६ वर्षिय कल्पना बस्नेत, तुल्सीपुर–३ की २३ वर्षिय अन्जली बर्मा, तुल्सीपुर–८ का २३ वर्षिय प्रेम बुढा, तुल्सीपुर–९ का २८ वर्षिय मोहनराज जोशी, तुल्सीपुर–७ की ४८ वर्षिय मनकुमारी वली, तुल्सीपुर–५ की २२ वर्षिय अन्जली पुन, सोही ठाउँका २५ वर्षिय प्रकाश वली रहेका छन् ।
साथै ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

२० आश्विन २०७५ मा प्रकाशित
Nabintech