नेपाली काँग्रेसको संगठन बलियो बनाउन आवश्यक छः राजीव शाह

पिपलबाेट संवाददाता


कोहलपुर

जाजरकोट क्षेत्र नं. २ का पूर्व सांसद राजीव विक्रम शाहले नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि संगठन विस्तारमा जोड दिन आवश्यक रहेको बताएका छन् । कोहलपुरमा नेपाली काँग्रेस जाजरकोट–बाँके सम्पर्क समिति बाँकेले शुभदिपावली तथा छट पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै शाहले नेपाली काँग्रेसले गुट उपगुटलाई त्यागेर संगठनलाई बलियो बनाउनका लागि सबै लाग्न आवश्यक रहेको बताएका छन् । देशैभरी नेपाली काँग्रेसको संगठन बलियो नहुँदा निर्वाचन जित्न नसकिएको बताउँदै अब आउने निर्वाचनमा पार्टीलाई पहिलो बनाउनका लागि स्थानिय तहदेखि केद्रिय तहसम्मका नेताहरु संगठन विस्तारमा लाग्नुपर्ने सुझाव दिएका छन् ।
‘निर्वाचित हुनका लागि व्यक्तिले काम गरेर मात्र हुँदैरहेन्छ, संगठन बलियो हुनुपर्छ’ उनले भने ‘अब काँग्रेस आन्तरिक अन्तरसंषर्घबाट बाहिर आएर संगठन निर्माणमा जुट्नुपर्छ ।’ साथै उनले अबमंसिरदेखि सबैसँग मिलेर नेपाली काँग्रेस जाजरकोटको संगठन अभियानमा लाग्ने बताउँदै नेता तथा कार्यकर्ताहरुलाई साथ दिन अनुरोध गरेका छ । वर्तमान सरकारले जनताको भावन अनुसार काम गर्न नसकिरहेको बताउँदै जनताको भावना अनुसार काम गर्नुपर्ने उल्लेख गरेका छन् । नेपाली काँग्रेस जाजरकोट–बाँके सम्पर्क समिति बाँकेले जाजरकोटका जनतालाई बाँकेमा परेका विभिन्न समस्याहरु समाधान गर्न र जाजरकोटी जनतालाई एकतामा ल्याउनका लागि पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँके पार्टी सभापति किरण कोइरालाले जाजरकोट बाँकेको सम्बन्ध धेरै पहिलेदेखि भएको बताउँदै बाँकेमा बसाई सरी आएका जाजरकोटका जनतालाई संगठित बनाउन लाग्नुपर्नेमा जोड दिएकी छिन् । साथै उनले जाजरकोट र बाँकेको नेपाली काँग्र्रेसलाई आवश्यक सहयोग गर्न सुझाव दिएकी छिन् ।
कार्यक्रममा कोल्दै नेपाल शिक्षक संघ कर्णाली प्रदेशका अध्यक्ष इलम बहादुर शाहीले जाजरकोटबाट बाँके आएका जनतालाई एकिकृत गरी जाजरकोटको इतिहास र परम्परालाई बचाउन नेपाली काँग्रेस जाजरकोट–बाँके सम्पर्क समिति बाँकेको स्थापना गरिएको बताए ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले नेपाली काँग्रेस जाजरकोट–बाँके सम्पर्क समिति बाँकेलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै जनताका कामहरु सहज रुप गर्ने प्रतिवद्वता जनाएकी छिन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले स्थानिय सरकार र जनता बिच पुलको काम गर्न नेपाली काँग्रेस जाजरकोट–बाँके सम्पर्क समिति बाँकेलाई अनुरोध गरेकी छिन् ।
नेपाली काँग्रेस जाजरकोट–बाँके सम्पर्क समिति बाँकेका संयोजक देवाकर खनालले जाजरकोटबाट बसाईसरी आएका जनतालाई बाँकेमा संगठित गर्न र जनताको सुख र दुःख साथ दिनका लागि स्थापना गरिएको बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सभापति बलाराम शर्मा लगायत नेपाली काँग्रेस बाँके र जाजरकोटका नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।

२० कार्तिक २०७५ मा प्रकाशित
Nabintech