सकरात्मक सोचका लागि ध्यान आवश्यक ः डा.योगि

पिपलबाेट संवाददाता


कोहलपुर,
मानिसको सकरात्मक सोचका लागि ध्यान गर्न आवश्यक रहेको डा. योगि विकाशानन्दले बताएका छन् । नील सागर असहाय,अशक्त तथा जेष्ठ नागरिक केन्द्रको सहयोगार्थ सकारात्मक सोच कार्यशाला कार्यक्रममा बोल्दै डा. योगिले मानसिक रुपमा सन्तुष्टि प्राप्त गर्नका लागि ध्यान गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । साथै उनले विश्व सफल व्यक्तिहरुले सकरात्मक सोचका लागि दैनिक २ घण्टा ध्यान गर्ने गरेको बताउँदै सफल बन्नका लागि योगा वा ध्यान गर्नुपर्ने बताएका छन् । ‘मानिसको जीवन अस्तव्यस्त छ, जीवनलाई सरल बनाउन ध्यान गर्नुपर्छ’ उनले भने ‘ध्यानले मानिसलाई स्वस्थ बनाउने काम गर्छ ।’ पहिलो समयमा परिवारलाई समय दिन नसक्दा पारिवारिक विचलन आईरहेको प्रति अंकित गर्दै परिवारलाई सकेसम्म समय उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । सयमको उचित व्यवस्थापन गर्न नसक्दा मानिसले आफमम्नो जीवन तनावपूर्ण तरिकाले बताईरहेको बताउँदै समयलाई चिन्नुपर्ने उल्लेख गरेका छन् । साथै डा. योगिले आफुले कर्म गरी कमाएको धनसम्पत्ति असहाय र अशक्तहरुका लागि उपयोग गर्न सक्नुपर्ने भन्दै अशक्तहरुलाई सहयोग गर्नु नै सकरात्मक सोचको विकास भएको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले सकरात्मक सोचको विकास भए जीवनमा ठुला ठुला प्रगति गर्न सकिने बताए ।
नील सागर असहाय,अशक्त तथा जेष्ठ नागरिक केन्द्र र मनोक्रान्ती केन्द्र कोहलपुरकी संयोजक अञ्जु न्यौपानेको सभापतित्सवमा सम्पन्न भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

२० कार्तिक २०७५ मा प्रकाशित
Nabintech