नेविसंघद्वारा कोहलपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

पिपलबाेट संवाददाता


नेपाल विद्यार्थी संघले कोहलपुरमा प्रधानमन्त्री केपी शर्मा वलीको पुत्ला दहन गरेको छ । विद्युतीय अपराध अन्तर्गत पक्राउ गरिएका काभ्रेका कृष्ण ढकालको रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य कमल बहादुर शाहीको नेतृत्वमा प्रधामन्त्री वलीको कोहलपुरमा पुत्ला जलाईएको छ ।
तमेश्वर उच्चमावि काभ्रेका नेविसंघ इकाइ अध्यक्ष ढकाललाई प्रहरीले फेसबुकमा आपत्तिजनक पोष्ट सेयर गरेको अभियोगमा पक्राउ गरेको कार्तिक २१ गते पक्राउ गरेको थियो । ढकालले कुकुरको शरिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको टाउको जोडिएको तस्बिरसहितको पहिचान नखुलेका व्यक्तिको फेसबुक पोष्ट शेयर गरेको आरोपमा प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ गरिएका ढकाललाई तत्काल रिहा नगरिए चरणवद्द आन्दोलनमा उत्रने चेतावनी शाहीले दिएका छन् । विना कारण राजनीतिक पुर्वाग्राह राखेर बनदी बनाईएका नेता ढकाललाई बारम्बार रिहाईको माग गर्दा पनि हाल सम्म रिहाई नगरेर ओली सरकार ज्ञानेन्द्र पथमा अग्रसर भएको भन्दै नेविसंघले विरोध गरेको छ । तत्काल रिहा नगरे यहि २८ गते जिल्ला सदरमुकामना २ घण्टा चक्का जाम गर्ने नेविसंघको केन्द्रिय कार्यक्रममा अनुसार बाँकेमा पनि विरोधका कार्यक्रम गरिने शाहीले बताएका छन् ।

२६ कार्तिक २०७५ मा प्रकाशित
Nabintech