शाहीको अन्त्यष्टी भोलि

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी मृत्यु भएकी गोमा शाहीको अन्त्यष्टी भोलि (शनिबार) गरिने भएको छ । कोहलपुरदेखि नेपालगञ्ज जाने क्रममा कोहलपुर–११ को विद्यूतरोडमा भे १ च १६७२ को म्याजिक गाडिले भे २ प ३०२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा कोहलपुर–१० की गोमा शाहीको मृत्यु भएको छ ।
शाहीको अन्त्यष्टी कर्णली चिसापानी गरिने पारिवारीक स्रोतले जनाईएको छ । कोहलपुरमबाट विहान ८ बजे देखि शवयात्रा गरी कर्णाली चिसापानीमा दाहसंस्कार गरिने जनाईएको छ । शाही नेपाल मजदुर किसान पार्टीकी केन्द्रिय सदस्य समेत हुन् ।

३० कार्तिक २०७५ मा प्रकाशित
Nabintech