बाँकेको कोहलपुरमा विगत १० वर्षदेखि पत्रकारिता गर्दै आईरहेका पत्रकार कबिन्द्र परियार सम्मानित भएका छन् । सहकारी क्षेत्रमा कमल चलाई सहकारी अभियानलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कोहलपुरमा रहेको श्री शिखर जडिबुटी उत्पादक सहकारी संस्थाले आफ्नो ८ औं साधारण सभाको अवसरमा परियारलाई सम्मान गरेको हो । सम्मान ग्रहण पछि बोल्दै पत्रकार परियारले पत्रकारिता क्षेत्रबाट सहकारी अभियानलाई संधै साथ दिने बताएका छन् ।
९ मंसिर २०७५ मा प्रकाशित