वडा नं. ६ का वडा अध्यक्षको निधन

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं ६ का अध्यक्ष राम सोहन थारुको निधन भएको छ । ह्दयघातका कारण आईतबार बिहान उनको निधन भएको हो । अध्यक्ष थारु नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ६ का वडा सभापति समेत हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला र गगन थापाले दिवंगत अध्यक्ष रामसोहन थारु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । केन्द्रिय सदस्य कोइरालाले थारुको निधनले कोहलपुरलाई ठुलो क्षति पुगेको बताए ।आईतबार बिहान ४ बजे एक्कासी बिरामी परेपछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याईएको थियो । अस्पताल पु¥याएको केहि समयमै मृत घोषणा गरिएको नेपाली काग्रेस कोहलपुरका नगर सभापति बलराम शर्मा न्यौपानेले बताए । उनका तीन छोरा र दुई छोरी छन् । थारु नेपाली कांग्रेसको वडा सभापति हुदै वडा अध्यक्ष बनेका हुन ।

९ मंसिर २०७५ मा प्रकाशित
Nabintech