शिखरको आठौं वार्षिक साधारण सभा सम्पन्न

पिपलबाेट संवाददाता


शिखर जडिबुटी उत्पादक सहकारी सस्था लिमिटेड कोहलपुर ११ बाकेको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी’ भन्ने नाराका साथ सस्थाको आठौ वार्षिक साधारणसभाको कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले उद्घाटन गरेका छन् । साधारणसभाको उद्घाटन गर्दै उनले शिखर जडिबुटी सहकारी सस्था नामको मात्र नभइ कामको समेत अग्रणी संस्थाका रूपमा रहेको बताए । उनले शिखर जिल्लाकै एक उत्कृष्ट सहकारी संस्था भएको बताउँदै नीति, विधि र प्रबिधिका साथ कामलाई अगाडि बढाएका खण्डमा सबै सहकारी आ–आफ्नो क्षेत्रमा अब्बल बन्ने बिचार व्यक्त गरे । उनले सहकारी संस्था भनेको समाज र राष्ट्रको समेत आर्थिक क्षेत्रलाई मजबुत पार्ने एक महत्वपूर्ण क्षेत्र भएकाले समय अनुसार प्राविधिक क्षेत्रलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए । सहकारीले आफ्नो आठौ वार्षिक साधारणसभाको अबसरमा संचालक समितिका सचिवद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन (२०७५) प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थालाई व्यवस्थित बनाउनकालागी आर्थिक बर्ष २०७५र७्र६ मा गरिने नीति, विधि र प्रबिधीमा अझ विशेष तरिकाले अगाडि बढ्ने महत्वपूर्ण कार्ययोजना अघि सारिएको छ ।
कार्यक्रममा सस्थाले विभिन्न विधाका व्यक्तिलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेमा बाल बचततर्फ रिदम घिमिरे, युवा बचत तर्फ पिमा डाँगि, नारी बचत तर्फ पुजा नेपाली, बृद्व बचत तर्फ निलनचा थापा र दैनिक बचत तर्फ कृष्ण चौधरी रहेकी छ्न । यसैगरी खुत्रुके बचत तर्फ विन्दु पौडेल, गहना बचततर्फ टिका केसी वली, समूह बचततर्फ शुभ बिहानी बचत समूहलाई सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट व्यवसाय तर्फ विश्वशरण रन्जिकार, सहकारी वर्ष व्यक्ति साना किसान जिल्ला सहकारी संघकी अध्यक्ष एकता शाहलाई सम्मान गरिएको थियो । कार्यक्रममा सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नवराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले सहकारीमा आवद्व शेयर सदस्यले समयमे किस्ता बुझाएमा १ प्रतिशत ब्याज छुट दिईने, युवालाई शैक्षिक प्रमाण पत्र धितो राखि व्यावसायिक योजना हेरी बिना धितो दुई लाख ऋण दिईने बताए ।
त्यस्तै आर्थिक वर्ष २०७४÷७५ सम्म संस्थाको जम्म शेयर पूँजि ६३ लाख ३८ हजार, बचत तर्फ २ करोड १० लाख र ऋण लगानी ४ करोड २९ लाख रहेको छ । हाल संस्थामा १८ सय १३ जना शेयर सदस्य रहेका छन् ।

९ मंसिर २०७५ मा प्रकाशित
Nabintech