दोस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता आज उद्घाटन

पिपलबाेट संवाददाता


बाँके कोहलपुरमा दोस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को आज उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना र शिक्षा, यूवा तथा खेलकुद शाखाको सांलन तथा व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश नं. ५ सरकारले यहि फागुनमा मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगितालाई सफल बनाउनका लागि सबै स्थानिय सरकार सहयोगको आवश्यकता पर्ने बताएका छन् । साथै उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले विभिन्न निकायसँग आवश्यक छलफल गरिरहेको बताए । कोहलपुरलाई खेलकुद क्षेत्रको रुपमा विकास गर्नका लागि स्थानिय सरकारसँगको सहकार्यमा प्रदेश सरकारले पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले विद्यार्थीहरुले प्रतियोगिताबाट आफ्नो प्रतिभालाई जिल्ला, राष्ट् हुँदै अन्र्तराष्ट्यि स्तरमा देखाउन सक्ने क्षमताको विकास गर्ने सक्नेमा जोड दिएका छन् । साथै उनले कोहलपुरलाई खेलकुद क्षेत्रको हव बनाउनका लागि स्थानिय सरकारले प्रदेश र संघिय सरकारसँग छलफलहरु गरिरहेको बताए ।
सम्पूर्ण खेल स्थगित
प्रतियोगिताको उद्घाटन सत्रमा हुने सम्पूर्ण खेलहरु स्थगित गरिएको छ । पहिलो दिन हुने भनेका विभिन्न खेलहरु वर्षाका कारण स्थगित गर्नु परेको प्रतियोगिता सञ्चालन समितिकी संयोजक नारायणी वलिले जानकारी दिईएकी छिन् । प्रतियोगिताको सम्पूर्ण खेल शनिबार बिहानबाट हुने आयोजकले जनाएको छ ।

११ माघ २०७५ मा प्रकाशित
Nabintech