उपमेयर चौधरीद्वारा वडा नं. १५ को वडा कार्यालय उद्घाटन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ को वडा कार्यालय उद्घाटन भएको छ । कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले वडा कार्यालयको उद्घाटन गर्दै नेपाली जनताको लामो संघर्षबाट सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भन्दै वडा स्तरबाटै जनताले सेवा सुविधा पाउनु पर्ने बताईन् । साथै उनले संघियताको भावना अनुसार स्थानिय सरकारले जनताको सेवा घरदैलोमा दिन लक्ष्यका साथ वडा स्तरमै आफ्ना सेवालाई प्राथमिकता दिएको बताएकी छिन् । कोहलपुर नगरपालिकाका जनताले आफ्नो वडाबाटै सेवा सुविधा पाउनुपर्ने भन्दै कोहलपुर नगरपालिकाले वडा स्तरबाटै सेवा दिने लक्ष्य लिईरहेको उपमेयर चौधरीले बताईन् ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष पतिराम थारुले जनताको भावना अनुसार सेवा दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

११ माघ २०७५ मा प्रकाशित
Nabintech