नेपाल भारत मैत्री संघद्वारा रावत र क्षेत्रीलाई सम्मान

पिपलबाेट संवाददाता


कोहलपुरको शैक्षिक क्षेत्रको विकासमा योगदान गरेको भन्दै हरि प्रसाद रावत र नेपाली क्रिकेट माफर्त नेपालको खेलजगतमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एलबि क्षेत्रिलाई सम्मान गरिएको छ । नेपाल–भारतमैत्री संघ उपशाखा कोहलपुरले भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा रावत र क्षेत्रीलाई कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले सम्मान गरेका छन् । हरि प्रसाद रावतले कोहलपुरका विद्यालय क्याम्पसहरुको स्थापना र विकासका लागि अतुलनिय योगदान पुर्याएका छन् भने नेपालको महिला क्रिकेटका जन्मदाता एलबी क्षेत्री क्रिकेटका पूर्व कप्तान समेत हुन् ।
कार्यक्रममा बोल्दै मेयर रावतले भारत र नेपालको सम्बन्ध राम्रो भएको भन्दै नेपालीहरुमा सानो समस्या हुँदा पनि भारतले सहयोग गर्ने गरेको भन्दै नेपाल र भारतको सम्बन्धलाई बलियो बनाउनका लाग नेपाल–भारतमैत्री संघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।


साथै उनले दुवै देशको राष्ट्यि पर्वहरुलाई सम्मान गर्न परम्परा चलि रहेको भन्दै भारत ठुलो देश भएकाले नेपालको विकासका लागि सकरात्मक सोचका साथ भारत लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल भारत मैत्रीसंघ मध्यपश्चिमाञ्चलकी उपाध्यक्ष सुष्मा शर्माले नेपाल र भारतको भावनाहरुलाई एकता गर्नका लागि संघ लागि परेको बताएकी छिन् । साथै उनले नेपालीहरुका साना ठुला समस्याहरुमा नेपाल–भारत मैत्री संघ मार्फत भारतले विभिन्न सहयोग गरिरहेको जानकारी समेत दिएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ र चिन्तामणि धितालले दुई देशको भाईचारा सम्बन्धलाई प्रभावकारी बनाउनका लागि नेपाल–भारतमैत्री संघले विशेष नीति लिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल–भारतमैत्री संघ उपशाखा कोहलपुरका अध्यक्ष नरेश वान्तवा राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुरका राजनीतिक दल, समाजसेवी, शिक्षा प्रेमी लगायतको सहभागिता रहेको थियो ।

१२ माघ २०७५ मा प्रकाशित
Nabintech