वडा अध्यक्ष रिजाले दिए विद्यालयका लागि साढे पाँच लाख

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ वडा अध्यक्ष माधव रिजालले स्थानिय सरकारले दिएको सेवा सुविधा विद्यायलमा लगानी गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. ३ मा रहेको जनता मावि मैटहवाका लागि ५ लाख ५० हजारको जग्गा खरिदाका लागि आर्थिक सहयोग गरेका छन् । स्थानिय सरकारले वडा अध्यक्षका लागि दिएको सेवा सुविधाबाट उनले विद्यालयको जग्गा खरिदमा लगानी गरेका छन् । विद्यालयको पूर्वपटि सटेको जग्गाका लागि उनले पाँच लाख ्र५० हजार आर्थिक सहयोग गरेका हुन् ।
वडाको २० वर्षिय योजना बनाउँदै
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को २० वर्षिय योजना निर्माण गर्नका लागि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वडा नं. ३ को शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायत पूर्वधारको तर्फ वडाको समग्र विकासको सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष माधव रिजालले वडाको २० वर्षे योजना निर्माणका लागि सबैले सहयो गर्न अनुरोध गरेका छन् । साथै जनता र गाउँको विकासका लागि राज्यले छुट्याएको बजेटको सहि ठाउँमा सदुप्रयोग गर्नका लागि दुर्घकालिन योजना निर्माण गर्नु पर्ने भएकाले वडा नं. ३ को २० वर्षे योजना निर्माण गर्न लागिएको बताएका छन् । वडा नं. ३ मा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत लगायत खेलमैदान, सामुदायिक भवन, पूर्ण साक्षर, पूर्ण सरसफाई उन्मुख, पर्यटकिय गन्तव्यको छनौट, पार्क निर्माण लगायतका विकासका कामहरु २० वर्ष भित्र वडामा उपलब्ध गराउने लक्ष्यका साथ योजना निर्माण गरिने उल्लेख गरेका छन् । त्यस्तै वडा नं. ३ मा मानविय पूँजि निर्माणका लागि विभिन्न निकायसँग सहकार्य गरी आत्मानिर्भर बन्नका लागि विशेष कार्यक्रम वा तालिमहरुको आयोजना गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारीले जनताको वर्तमान अवस्थालाई अध्ययन गरी वडाको योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै जनताको भावना र मर्म अनुसार नै काम गर्न वडा अध्यक्ष लगायतका सरोकारवाला निकायलाई अनुरोध गरेकी छिन् । साथै वडाको आर्थिक समृद्विका लागि कृषिमा विशेष जोड दिन सुझाव दिँदै समृद्व नेपाल सुखी नेपालीको सपनालाई पुरा गर्नका लागि वडा स्तरबाटै लाग्नुपर्ने बताईन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्र्रेस कोहलपुर नगर सभापति बलाराम शर्माले मानविय र भौतिक विकास सँगसँगै गरे मात्र समृद्वि आउने भन्दै सबै क्षेत्रको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए । संविधानले तीन तहको सरकार बनाएकोले स्थानिय सरकारले जनताले प्रत्यक्ष रुपमा फाईदा लिने काम गर्नुपर्ने जोड दिएका छन् ।
उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कोहलपुर नगरपालिका वडा नं. ३ लाई नमूना वडाका रुपमा विकास गर्नका लागि विकासका सम्पूर्ण पक्षलाई ध्यान दिन सुझाव दिएका थिए ।

१२ माघ २०७५ मा प्रकाशित
Nabintech