विकास र समृद्विका लागि सहकार्य आवश्यक ः मन्त्री यादव

पिपलबाेट संवाददाता


कोहलपुर, माघ १५
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवल देशको विकास र आर्थिक समृद्विका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । बाँकेको कोहलपुरमा सोमबारदेखि कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामा सुरु भएको ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५’ को उद्घाटन गर्दै देशमा आन्दोलन र विरोध नभएर आर्थिक समृद्धिका लागि एक भएर लाग्नु पर्ने भन्दै आर्थिक समृद्विका लागि नेपालका राजनीतिक दल, सरकार, नीजी क्षेत्र तथा विभिन्न निकायलगायत सबैलाई सहकार्यका लागि आग्रह समेत गरेका छन् । ‘देशमा राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्ने समय आयो’ उनले भने ‘सरकार आर्थिक समृद्विका लागि सबैसँग सहकार्य गर्न तयार छ, देशमा हिंसात्मक आन्दोलन होईन्, सकरात्मक सोच सहितको विकासमा सबै लागैं र सरकार सबैलाई समेट्न चाहान्छ ।’ साथै उनले कोहलपुरलाई नेपालको नमूना शहरका रुपमा विकास गर्नका लागि दिर्घकालिन योजना बनाउन पनि स्थानिय सरकार र कोहलपुरका क्रियाशिल राजनीतिक दलहरुलाई अनुरोध गरेका छन् । मन्त्री यादवले कृषिमा आधारित उद्योग, नयाँ तरिकाको कृषि व्यवसाय अबको प्राथमिकतामा हुनु पर्ने भन्दै सरकारले नीजि क्षेत्रका लागि लगानीमैत्री वातारण निर्माण गर्न तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै महोत्सव मुल समारोह समितिका संयोजक चक्र बहादुर अधिकारीले कला संस्कृति पर्यटन विकास तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताएका छन् । त्यस्तै महोत्सव मुल समारोह समितिका सह–संयोजक बलाराम भट्टराईले महोत्सवले कोहलपुरको साँस्कृतिक पहिचानलाई चिनाउन मह्रत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश नं. ५ का कृषि सहकारी तथा भूमिसुधारमन्त्री आरती पौडेलले प्रदेश नं. ५ को सरकारले कृषिलाइ्र्र आधुनिक र वैज्ञानिक बनाउनका लागि विशेष नीति लिएको बताउँदै्र संघिय कानून बनेको खण्डमा जनतालाई लालपूर्जा दिनका लागि फिता लिएर किसानकै खेतबारीमा पुग्ने बताएकी छिन् । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ले बाँकेको कोहलपुरलाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले प्रदेश नं. ५ को राजधानी दुई तिहाई बहुमतबाट तोकिने कानूनि व्यवस्था भएकाले अब प्रदेशको राजधानी दुइ्र्र तिहाई बहुमतबाटै टुङ्गिनेमा जोड दिएका छन् ।
कार्यक्रममा पूर्णाकुमारी सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, होटल व्यवसायी महासंघका अध्यक्ष अमृत भुजेल लगायतले महोत्सव कला संस्कृतिको विकास र स्थानीय उत्पादन प्रवद्र्धनको अलौकिक साधन हुने विश्वास व्यक्त गरे । विभिन्न किसिमका झाँकी प्रदर्शनसहित कोहलपुर बजार परिक्रममा पछि महोत्सव शुरु भएको थियो । ‘कोहलपुर शहर हाम्रो शान, व्यवसायिक प्रवद्र्वन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव आगामी २५ गतेसम्म संचालन हुने छ । महोत्सवमा विभिन्न जातीय खाना, बाल उद्यान, कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनका विभिन्न स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती आकर्षणको रुपमा राखिएको छ ।

१५ माघ २०७५ मा प्रकाशित
Nabintech