दोस्रो मेयर कप प्रतियोगिता आज सम्पन्न हुने, भलिबलका खेलहरु बाँकी

पिपलबाेट संवाददाता


कोहलपुर, माघ १5

बाँकेको कोहलपुर –१२ स्थित ज्ञानज्योति माविमा जारी दोस्रो मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको तेस्रो दिन चार सय मिटर दौड तर्फका छात्रा र छात्र, रिले दौड छात्र र छात्रा र तीन हजार मिटर दौड छात्र तर्फका खेलहरु सम्पन्न भएका छन् ।
चार सय मिटर दौड छात्रा तर्फ गोरर्खा यूनाईटेड पब्लिक स्कुलकी पूर्णिमा खड्का प्रथम, जनज्योति पब्लिक माविकी सरुना चौधरी द्वितीय र तक्षशिला एकेडेमीकी दिपशिखा रानाभाट तृतीय भएकी छिन् भने जनज्योति पब्लिक माविका सुवास बराल, त्रिभुवन माविका सहन चन्द्र शाह द्वितीय, ज्ञानज्योति माविका अजय बुढाथोकी तृतीय भएका छन् । त्यस्तै तीन हजार मिटर दौड छात्र तर्फ कृष्ण माविका धनमान शाही प्रथम, डाइनामिक माविका छेत्रपाल थापा द्वितीय र ज्ञानज्योति मावि अजय बुढाथोकी तृतीय भएका छन् । त्यस्तै रिले दौड छात्र तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुल प्रथम, दिपज्योति मावि द्वितीय र जनज्योति पब्लिक मावि तृतीय भएको छ भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुल प्रथम, जनज्योति पब्लिक मावि द्वितीय र लक्ष्मी मावि तृतीय हुन सफल भएको छ । साथै मार्च पासमा कृष्ण मावि उत्कृष्टमा पर्न सफल भएको छ भने एथ्लेस्टिक तर्फको उत्कृष्ट छात्र खेलाडीमा जनज्योति पब्लिक मावि सुवास बराल र छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी पूर्णिमा खड्का घोषित भएकी छिन् ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का कृषि सहकारी तथा भूमिसुधारमन्त्री आरती पौडेलले खेलकुदका माध्यमबाट बालबालिकाको अन्र्तनिहित प्रतिभाव प्रस्फुटन हुने भन्दै यस्ता प्रतियोगिता आयोजना समयसमयमा गरिरहनुपर्ने बताईन् ।
साथै सोमबार सम्पन्न हुने भएको प्रतियोगिता भलिबलका खेलहरु बाँकी नै रहेकाले मंगलबारमा प्रतियोगिताको समापन हुने प्रतियोगिता सञ्चालन समितिकी संयोजक नारायणी वलीले जनाकारी दिएकी छिन् । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

१५ माघ २०७५ मा प्रकाशित
Nabintech