नेविसंघद्वारा भलिबल प्रतियोगिता आयोजना

पिपलबाेट संवाददाता


बागेश्वरी बहुमुखी क्याम्पसमा अन्तर कक्षा भलिबल प्रतियोगिताको आजबाट सुरु भएको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिको आयोजनामा आजबाट सुरु भएको प्रतियोगिता भोलि समापन हुने जनाईएको छ । प्रतिगिताको उद्घाटन गर्दै क्याम्पस प्रमुख शिशिर कुमार शर्माले विद्यार्थीहरुले पाठ्यक्रमले तोकेको विषय वस्तुसँगै अतिरिक्त क्रियाकलापमा सहभागि हुन आवश्यक रहेको बताएका छन् । साथै उनले खेलकुदको माध्यमबाट देशलाई विश्वभरी चिनाउन सक्ने भएकाले खेलकुदले व्यक्तिको व्यक्तित्वस विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कार्यक्रममा नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डेले नेपाल विद्यार्थी संघले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका अन्य कार्यक्रमको सुरुवात पनि गर्ने बताएका छन् । ‘यो कार्यक्रमबाट सुरुवात गरेका छौं’ उनले भने ‘क्याम्पसमा यस्ता कार्यक्रमहरु संधै आयोजना गर्ने प्रतिवद्धता जनाउँछौं ।’ कार्यक्रममा बोल्दै नेविसंघका नेता कमल बहादुर शाहीले बागेश्वरी बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासका लागि नेविसंघ सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताएका छन् । साथै उनले शैक्षिक गणुस्तरका लागि नेविसंघ सकरात्मक सोचका साथ आफ्नो योजनाहरु सार्वजनिक गर्ने बताएका छन् ।
प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाएको छन् । प्रतियोगितामा बिबिएस द्वितीय वर्षको टिम र कक्षा १२ को टिम फाईनलमा प्रवेश गरेको छ । फाईन खेल भोलि हुने आयोजकले जनाएको छ भने विजेता टिमलाई ८ हजार र उपविजेता टिमलाई ६ हजार पुरस्कार राशी रहेको जनाईएको छ ।

१७ माघ २०७५ मा प्रकाशित
Nabintech