कोहलपुरमा पशु सुत्केरी भक्ता वितरण सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले पशु सुत्केरी भक्ता वितरण कार्यक्रम सुरु गरेको छ । सहिद दिवसको अवसर पारी कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नगर पशु सेवा शाखाको सहजिकरणमा कोहलपुर नगरपालिका भित्रका माघ महिनामै सुत्केरी भएका २६ जना किसानहरुलाई पशु सुत्केरी भत्ता वितरण गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले किसानहरुलाई पशुहरु सुत्केरी हुँदा आवश्यक पोष्टिक आहारहरु खाउन सकुन भन्ने लक्ष्यका साथ कार्यक्रममा सुरु गरिएको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले बाँके जिल्लामै पहिला पटक पशु सुत्केरी भक्ता वितरण कार्यक्रम सुरु गरेकाले यसलाई निरन्तरता दिने बताएका छन् । ‘किसानहरुलाई प्र्रत्यक्ष फाईदा पुग्ने उद्देश्य लिएका छौं’ उनले भने ‘किसानहरुले गाई र भैसि पालेर दुधमा आत्मा निर्भर बन्न सक्नुहुन्छ, त्यस्ता किसानहरुलाई स्थानिय सरकारले साथ दिने छ ।’ मेयर रावतले कोहलपुर नगरपालिकाका किसानहरुबाट संकलित दुधलाई बजारिकरण गर्नका लागि स्थानिय सरकार लागि परेको बताए । कोहलपुर नगरपालिकाले अर्कोे वर्षदेखि पुशकोजन्म दार्ता गरेपछि मात्र सुत्केरी भत्ता पाउने नीति लिएको मेयर रावतले बताएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा, आर्थिक समितिका संयोजक दिल बहादुर परियार, विधायन समितिका संयोजक भिम बहादुर नेपाली लगायत किसानहरुको सहभागिता रहेको थियो ।

१७ माघ २०७५ मा प्रकाशित
Nabintech