नेविसंघद्वारा भलिबल प्रतियोगिता सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, माघ १८
बागेश्वरी बहुमुखी क्याम्पसमा अन्तर कक्षा भलिबल प्रतियोगिताको सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिको आयोजनामा अन्तर कक्षा स्तरिय भलिबल बिहीबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा बिबिएस द्वितीय वर्षको टिम विजेता र नगद ८ हजार पुरस्कार राशि र कक्षा १२ को टिम उपविजेता हुँदै ६ हजार पुरस्कार राशि जित्न सफल भएको छ । भलिबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा रामराज मल्ल घोषित भएका थिए । त्यस्तै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिले क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत पनि गरेको छ ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर तथा उपमेयर सञ्जु कुमारी चौधरीले उच्च शिक्षा हासिल गरी देश विकासमा लाग्नुपर्ने भन्दै विद्यार्थीहरुलाई अनुशासनमा रहेर आफ्नो लक्ष्य पुरा गर्नु पर्ने भन्दै शुभकामना समेत दिएकी छिन् । साथै उनले कोहलपुरको शैक्षिक विकासमा बागेश्वरी बहुमुखी क्याम्पसले ठुलो योगदान पुर्याएको भन्दै कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी थिईन् । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले नेपालमा संघिय लोकतन्त्रीक आन्दोलनलाई संस्थागत गर्नका लागि विभिन्न तानाशाहका विरुद्व नेविसंघले ठुलो संघर्ष गरेको स्मरण गर्दै नेपाली जनताको संविधानलाई पूर्ण रुपमा कार्यन्वयनमा ल्याउन नेविसंघ जिम्मेवार भएर संघर्ष गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउने निरजले देश विकासमा यूवा विद्यार्थीहरुको महत्पूर्ण भूमिका हुने भन्दै उच्च शिक्षा प्राप्त गरी समाज सेवामा लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण अधिकारले बागेश्वरी बहुमुखी क्याम्पसको विकासका लागि सबै विद्यार्थी संगठनहरुमा सकरात्मक सोचको विकास हुन आवश्यक रहेको भन्दै विद्यार्थी संगठनहरुसँग सहकार्य गरी क्याम्पसले आफ्ना गतिविधि गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेविसंघका यूवा नेता यज्ञ बहादुर महराले क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक विकासमा नेविसंघ संधै लागि परेको जानकारी दिँदै यस क्षेत्रकै नमूना क्याम्पस बनाउनका लागि नेविसंघले आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रममा बोल्दै क्याम्पसका प्राध्यापकद्वय पुष्करनाथ रिजाल र टेकेन्द्र महताराले विद्यार्थीहरुले पाठ्यक्रममा तोकिएका विषय वस्तुसँगै अतिरिक्त क्रियाकलापमा सहभागि हुन आवश्यक रहेको बताउँदै खेलकुदको माध्यमबाट देशलाई विश्वभरी चिनाउन सक्ने भएकाले खेलकुदले व्यक्तिको व्यक्तित्वस विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कार्यक्रममा नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डेले नेपाल विद्यार्थी संघले बागेश्वरी बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासका लागि नेविसंघ सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताएका छन् । साथै उनले शैक्षिक गणुस्तरका लागि नेविसंघ सकरात्मक सोचका साथ आफ्नो योजनाहरु सार्वजनिक गर्ने र सहि अनुरुप कार्यहरु गर्दै जाने प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रममा बोल्दै ईकाई उपाध्यक्ष डिल्ली रावलले नेपाल विद्यार्थी संघ अब बागेश्वरी क्याम्पसमा शसक्त भएर विद्यार्थीहरुका हक र अधिकारीका लागि लड्ने भन्दै विद्यार्थीहरुका समस्याहरु नेविसंघको कार्यसमितिलाई जानकारी गराउन आह्वान समेत गरेका छन् ।

१८ माघ २०७५ मा प्रकाशित
Nabintech