शर्माद्वारा लिखित पुस्तक बिमोचन

पिपलबाेट संवाददाता


कोहलपुर, माघ १८
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक एवम् पाठ्यक्रम तथा मूल्याङ्गन विभागका विभागिय प्रमुख एकराज शर्माद्वारा लिखित स्नातक तह विएड प्रथम वर्षका दुईवटा पुस्तकको विमोचन गरिएको छ । बागेश्वरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले शर्माद्वारा लिखित शिक्षाको समाजशास्त्रीय र दर्श शास्त्रीय आधार, मानव विकासमा शिक्षा नामक पुस्तक विमोचन गरेका हुन् । पुस्तक बिमोचन गर्दै बागेश्वरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पस अध्यापन गराउँदै, आफ्नो दक्षता, सीपलाई पुस्तकका रुपमा बाहिर ल्याउन सफल भएको भन्दै पुस्तकले विद्यार्थीहरुलाई अध्ययन गर्दा सहज र सरल हुने विश्वास व्यक्त गरेका छन् । साथै उनले पछिल्लो समय विषयवस्तुसँग सम्बन्धित पुस्तकहरु लेख्ने कार्य कम हुँदै गईरहेको अवस्थामा मेहेन्त गरी पुस्तक लेख्नु चुनौति पूर्ण भएको बताएका छन् । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बागेश्वरी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा समायोजन हुँदै गर्दा विश्वविद्यालयले निधारण गरेको पाठ्यक्रममा आधारित रहेर प्रकाशित पुस्तकले पठनपाठनमा सहजता पुग्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै पुस्तकका लेखक उपप्राध्यापक एकराज शर्माले विद्यार्थीहरुको आवश्यकतालाई ध्यान दिएर सरल र सहज रुपमा बुझ्न सक्ने भाषामा पुस्तक लेखिएको बताएका छन् । त्यस्तै शर्माले यसअघि तीन वर्षिय विएड तृतीय वर्षको प्रारम्भिक बालविकास सिकाई, द्वितीय वर्षको पाठ्यक्रम तथा मूल्याङ्गन, चार वर्षिय विएड अन्तर्गत द्वितीय वर्षको शिक्षा मनोविज्ञान, विश्वविद्यालय तह र कक्षा ११,१२ को अभ्यास शिक्षण निर्देशिका तथा प्रयोगात्मक पुस्तिका प्रकाशनमा ल्याईसकेका छन् । साथै शर्माले विभिन्न सयममा अनुसन्धनात्मक लेख रचनाहरु पनि प्रकाशित गर्दै आईरहेका छन् ।
४० हजारका पुस्तक हस्तान्तरण
उप–प्राध्यापक शर्माले बागेश्वरी बहुमुखी क्याम्पसलाई ४० हजार बराबर मूल्य पर्ने ७९ वटा विभिन्न विषयका पुस्तक क्याम्पसलाई हस्तन्तरण गरेका छन् । पछिल्लो समयमा क्याम्पसको पुस्तकालयमा प्रयाप्त मात्रामा पुस्तक नहुँदा विद्यार्थीहरुको अध्ययनमा समस्या आईरहेको अवस्थामा शर्माले पुस्तक हस्तन्तरण गरेका छन् । शर्माले केहि समय अघि कोहलपुरमा रहेको त्रिभुवन माविलाई विभिन्न विषयका पुस्तकहरु हस्तन्तरण गरेका छन् । शर्मा बागेश्वरी बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी समाजका अध्यक्ष समेत हुन् ।

१८ माघ २०७५ मा प्रकाशित
Nabintech