नेविसंघका नेतालाई पाँच घण्टा पछि रिहा

पिपलबाेट संवाददाता


नेविसंघ बाँकेका अध्यक्ष पूर्णप्रसाद आचार्यलगायत पाँच जना विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिए पछि पाँच घण्टा पछि रिहा गरेको छ । पूर्व घोषित कार्यक्रम अन्तर्गत शनिबार सरकारी कार्यालयका गाडीहरु चल्न निषेध गरेको नेविसंघले बर्दियाका मधुवन नगरपालिकाका मेयर र कर्णाली प्रदेशका राष्ट्रियसभा सदस्य सवार गाडी कोहलपुरमा नियन्त्रणमा लिनेक्रममा प्रहरीले अध्यक्षसहित पाँच जना कार्यक्रर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा नेविसंघ जिल्ला अध्यक्ष पूर्ण प्रसाद आचार्य, नेविसंघ नेता यज्ञ बहादुर महरा, कमल बहादुर शाही, नेविसंघ कोहलपुर नगर सभापति विवेक शाही, नेविसंघ बागेश्वरी बहुमुखी क्याम्पस ईकाई सभापति राम प्रसाद पाण्डे रहेका छन् । इप्रका कोहलपुरका प्रहरी निरीक्षक मान बहादुर बिसीका अनुसार जनप्रतिनिधिहरु सवार गाडी तोडफोड गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेविसंघका कार्यकर्ताहरुले इप्रका कोहलपुर घेराउ गरेका छन् ।

१९ माघ २०७५ मा प्रकाशित
Nabintech