कोहलपुर, माघ २७
बाँकेको कोहलपुरमा जारी कोहलपुर उद्योग वाणिज्य संघ र होटलव्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामा आयोजित “पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५” को आईतबार (आज) भव्य रुपमा सम्पन्न हुँदैछ । माघ १४ गतेदेखि सुरु भएको महोत्सव आज (आईतबार) समापन हुने महोत्सव मुल समारोह समितिका सदस्य सचिव तेज प्रसाद अधिकारीले बताएका छन् । सदस्य सचिव अधिकारीका अनुसार माघ २५ गते सम्पन्नगर्ने भनिएको महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै २७गतेसम्म सञ्चालनगर्ने निर्णय अनुसार आज (आईतबार)महोत्सव समापनगरिदैछ । बाँकेको क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज अथकको प्रमुख अतिथिमा महोत्सवको समापनहुने उनले बताएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघ र होटलव्यवसायि संघ बाँके कोहलपुरको आयोजनामा आयोजित महोत्सवबाट संकलित भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य रहेको उनले बताएका छन् । साथै उनले बचत रकमबाट केहि शिक्षा, स्वास्थ्य, खेलकुद र सामाज सेवामालगाउने योजना रहेको जानकारी दिएकाछन् ।महोत्सवलाई भव्य रुपमा सम्पन्नगर्ने सहयोग गर्ने दर्शक, नारिक समाज, विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजीवि, प्रहरी प्रशासन लगायतमा आयोजकको तर्फबाटउनले हार्दिक धन्यवाद व्यक्त गरेकाछन् । महोत्सवमा तीन सयवटा स्टरहरु रहेका थिए ।
महोत्सवको विशेष आकर्षणको केन्द्र फुडफेस्टिभल रहेको महोत्सवमुल समारोह समितिका सहसंयोजकबलारामभट्टराईले बताएकाछन् । साँझ ६ बजेदेखि राति १० बजे सम्म सञ्चालनमाल्याईएको फुडफेस्टिभलपश्चिम नेपालकै पहिलो पटकमहोत्सवमा समावेश गराउन सफलभएको उनले बताएकाछन् । साथै महोत्सवमा बाल उद्यान, थारु गाउँलगायतका अन्य कृषि जन्य वस्तुहरु दर्शकहरुको रोजाईको केन्द्र विन्दु बनेको आयोजकले जनाएको छ । महोत्सवमा शनिबार नेपालका चर्चित आधुनिक गायक स्वरुपराज आचार्यले मार्यो मलाई मार्यो, सोल्टीनी सोल्टीनी, शीरबन्दी शीरैमा, यी आँखामा तिमी लगायतका गीतहरु गाउँदा यूवा यूवतिहरु छम छमि नाचेका थिए ।त्यस्तै गायक रुपकपौडेलले बुनबुनमाकुरी मायाको जाल, दुई दिनको जवानीकर्कलाको पानी, सानी सानीलगायतकागीतहरु गाउँदादर्शकहरुले भरपुर मनोरञ्जनलिएका थिए ।
प्रमोद र टिका आज (आईतबार)आउने
त्यस्तै महोत्सवको समापनमा आधुनिक गायक प्रमोद खरेल, लोक दोहोरी गायिका पूर्णकला बिसी र डान्डर अञ्जली अधिकारीको प्रस्तुति रहने कला संस्कृतिउप समिति सहसंयोजक खेमराज शर्माले बताएकाछन् ।