नेकपा कोहलपुरका कार्यसमितिले खाए सपथ

पिपलबाेट संवाददाता


नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रदेश नं ५ का सचिव जग प्रसाद शर्मा अपारले कम्युनिष्ट हरुले सघर्षको मात्रै नभएर अव बिकास र सम्बृद्धिको पनि नेतृत्व गनु पर्ने बताएका छन । शनिवार नेकपा कोहलपुर नगर समितिको सपथ ग्रहण कार्यक्रममा बोल्दै अपारले सो कुरा बताएका हुन । उनले कम्युनिष्ट सधै सघर्षमा मात्रै गर्ने गरेको भन्ने आरोप चिर्न अव बिकास र सबृद्धिको नेतृत्व गनु पर्ने बताए ।
उनले नेकपा पार्टीले स्थानिय तह , प्रदेश र संघिय सरकार संगको सहकार्यमा बिकास र समृद्धिका लागि लाग्न स्थानिय पार्टी कमिटि लाई निर्देशन समेत दिए । उनले निर्वाचित जनप्रति लाई पनि पार्टी कमिटि र जनता प्रति उत्तरदायि बनाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एंव संघिया सांसद महेश्वर गतराज अथकले तिन तहका सरकार अहिले निति निर्माणका तहमा काम गरि रहेको बताउदै अव जनताको जिवन स्तरमा परिर्वतन आउने धारणा राखे । उनले तिन ओटै सरकारका कामले गति लिएको बताउदै दिर्धकालिन योजना बनाएर सरकारले काम गरि रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रदेश ५ कि कृषि मन्त्री आरति पौडेलले कृषि क्षेत्र लाई आधुनिकिकरण गर्न प्रदेश सरकार लागि परेको बताईन । उनले सरकार भुमि ऐननिमार्णको अन्तिम चरणमा रहेको बताउदै छिटै जनताको हात हातमा लाल पुर्जा बितरण गर्ने बताईन । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश यादव , मोहमद हारुन ले पनि नग गठिन नगर समिति सदस्यहरु लाई शुभकामना दिएका थिए । कार्यक्रममा प्रदेस समिति सदस्यहरु प्रकास सुबेदी ,अकल बम , असोक कोईराला , पुजन बिश्वकर्मा , नरेन्द्र न्यौपाने , नरेन्द्र पाण्डे , अतहर हुसेन फारुकी ,प्रदेश संसद आई पि खरेल ,कृष्णा केसी नमुना , नेताहरु असोक रोकाय , गोपाल गिरी , सुर्य ढकाल , अब्दुल हुसेन खाँ , असोक पोखे्रल , ओम प्रकास केसी प्रयत्न ,लगायतको पनि सहभातिा रहेको थियो ।
सनिवार नै नेकपा कोलहपुर नगर समितिको ८१ सदस्य समितिले सपथ लिएको नगर सचिव तुलाराज बिष्ट बिहानिले जानकारी दिए । कार्यक्रममा बोल्दै नगर अध्यक्ष बसन्ति अधिकारीले स्थानिय , प्रदेश र केन्द्र सरकार संगको समन्वयमा कोहलपुरको बिकासका काम लाई प्राथमिकताका साथ अगाडि बढाउने बताईन ।

२७ माघ २०७५ मा प्रकाशित
Nabintech